Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

‘हाम्रो घर’ संस्थाको प्रथम साधारणसभा सम्पन्न

रेडियो भोटेओडार २५ श्रावण २०७८, सोमबार १५:५७ मा प्रकाशित ( २ साल अघि) १७६६२ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका–८, मा रहेको हाम्रो संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष खुशीमाया गुरुङको अध्यक्षतामा साधारण सभा समपन्न भएको हो ।
शनिबार भोटेओडारस्थित भक्ति नमूना माविको सभालमा संचालित साधारणसभामा सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख मिश्रले गरिव, असहाय, अनाथ, वृद्धवृद्धाहरुका साथै सिंगो मानव समुदायको हितमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
मानव सेवामा समर्पित यस संस्थालाई नगरपालिकाले सघाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
संस्थाका उपाध्यक्ष प्रदीप गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाकी अध्यक्ष खुशीमाया गुरुङले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
असहाय, वेसहारा, वृद्धवृद्धाहरुलाई हकहित अधिकार र सेवा सुविधाका लागि आवश्य पैरवी गर्ने, परिवार पत्ता नलागेका, संरक्षक र सहारा विहिनहरुको उचित बसोबासको व्यवस्था गरी आश्रय दिने उद्धेश्यका साथ यस संस्था संचालन गरिएको उहाँले बताउनुभयो ।
संस्थाद्धार पहुँच विहिनहरुको पहिचान र तथ्यांक संकलन गर्ने र स्थानीय स्तरमै गएर सहयोग गर्ने, वृद्धवृद्धा, अपांगता र असहाय भएका व्यक्तिहरुका लागि जीवन उपयोगी कार्यक्रम संचालन गर्ने, आश्रितहरुलाई पारिवारिक पुनर्मिलन गराउन सहजीकरण गर्ने, केन्द्र, प्रदेश र स्थानीय सरकारसंग आवशयक सहयोग तथा सहकार्य गरी वृद्धवृद्धा, अपांगता र असहाय व्यक्तिहरुलाई सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।
संस्थाका संरक्षक गुमानसिंह कार्कीबाट संस्थालाई प्राप्त भएको सुन्दरबजार नगरपालिका ८ भोटेओडारमा रहेको जग्गामा आश्रमको लागि उपयुक्त भवन निर्माण गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।
विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाको सहयोग समन्वयमा संस्थाले विभिनन सामाजिक सेवाका क्षेत्रमा पनि काम गर्दै आएको, सहयोगका कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नं ८ का वडाअध्यक्ष कृष्णकान्त अधिकरी, वडा नं ९ का वडाअध्यक्ष मोतीप्रसाद गुरुङ, मस्र्याङ्दी गाउँपालिका ४ का वडाअध्यक्ष सुमन गुरुङ, संस्थाका सल्लाहकार एवं पत्रकार नवराज पहाडी लगायतले बोल्दै सबैसंगको सहयोग र समन्वयमा समाजमा रहेका सहाराविहीनहरुको सहारा बन्ने गरी संस्थाले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमको संचालन हाम्रो घर संस्थाका सह–सचिव पूर्णबहादुर गुरुङले गर्नुभएको हो ।

 


FLASH NEWS