Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङको सुन्दरबजार नगरपालिकामा अटो संचालन : नागरिकलाई आउ–जाउमा सहज हुने

रेडियो भोटेओडार २८ श्रावण २०७८, बिहीबार १८:०३ मा प्रकाशित ( २ साल अघि) १७९९८ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोश्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजार नगरपालिकामा पहिलोपटक तीन पाङ्ग्रे (अटो) संचालन गरिएको छ । भोटेओडार क्षेत्रका ११ जना युवा मिलेर ‘साना सवारी यातायात लमजुङ प्रालि’ दर्ता गरी नगरक्षेत्रका बजारी क्षेत्रमा अटो संचालन गरेका हुन् ।
सुरुवातको चरणमा प्रालिमार्फत ५ वटा अटो संचालनमा ल्याउन लागिएको र सम्वन्धित निकायको सहयोगमा आवश्यकताअनुसार अटोको संख्या बढाउँदै लगिने साना सवारी यातायात लमजुङ प्रांलिले जनाएको छ ।
चितवनबाट प्रति अटो ६ लाख ५५ हजार रुपैयाँमा खरीद गरि ल्याइएको संस्थाले जनाएको छ ।
बुधबार एक कार्यक्रमका बीच अटो संचालनको शुभारम्भ गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य, धनन्जय दवाडीले अटो संचालनको शुभारम्भ गर्दै अटो संचालनलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नविनतम् सोचका साथ युवाहरु आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
सरकारको प्रचलित कानुनमा रहेर संस्था दर्ता भई सवारी ल्याइसकिएको र यसले नागरिकलाई सहज हुनुका साथै नगरक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले यसमा नगरपालिकाले सहयोग र समन्वय गरेको नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले बताउनुभयो ।
बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गराउनुका साथै समयमा नागरिकलाई आउजाउमा समस्या देखिएकाले नागरिकलाई आततजावतमा सहज हुनुका साथै उनीहरुको समयको पनि वचत हुने भएकाले अटो संचलनको अवधारणा ल्याई युवाहरु अटो संचालनमा जुटेका समन्वयकर्ता प्रेमबहादुर भट्टराईले बताउनुभयो ।
अटो संचालन भएसंगै सुन्दरबजार नगरपालिकाका बजारी क्षेत्र पाउँदी, फूलबारी, सिउँडीबार, भोटेओडार, रामदी, फेदीकुना, सुन्दरबजार क्याम्पस गेट, मिलनचोक, भिजनचोक, खत्रीठाँटी लगायतका ठाउँमा आवतजावतका लागि सहज हुने छ ।


FLASH NEWS