Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

लमजुङको बन्सारमा ‘आमा घर’ निर्माण

रेडियो भोटेओडार १८ आश्विन २०७८, सोमबार १३:५९ मा प्रकाशित ( २ साल अघि) २१४४२ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिका–८, बन्सारस्थित बन्सार स्वास्थ्य चौकीमा ‘आमा घर’ निर्माण गरिएको छ । संसद विकास कोषबाट १० लाखको लागतमा बन्सारमा २ कोठे आमा घर निर्माण गरिएको हो ।
प्रसुती सेवाका लागि स्वास्थ्य चौकीसम्म आउने महिलाहरुको सहजताका लागि ‘आमा घर’ निर्माण गरिएको स्वास्थ्य शाखा, दोर्दी गाउँपालिकाका हेल्थ असिस्टेण्ट सुजन सुनारले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी नजिकै ‘आमा घर’ रहेकाले सुत्केरी महिला र बच्चामा केही स्वास्थ्य समयमा भइहालेमा उपचारमा सहज हुने उहाँले बताउनुभयो ।
आमा घरमा उहाँहरुलाई खान, बस्न निःशुल्क गरिएको उहाँले बताउनुभयो ।
‘आमा घर’को नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवं पूर्वमन्त्री देव गुरुङले उद्घाटन गर्नुभएको छ । नागरिकलाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व रहेको उहाँले बताउनुभयो ।


‘आमा घर’ निर्माण समाजको सेवा अभियान रहेको बताउँदै उहाँले सबै एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।
नागरिकको स्वास्थ्य सुरक्षाको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने र तीनै तहको सरकार त्यो अभियानमा लागि परिरहेको उहाँले बताउनुभयो ।
आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँबाटै स्वास्थ्य सेवा प्रवाहका लागि आमा घर निर्माण गरेकोमा नेता गुरुङले खुशी व्यक्त गर्नुभएको छ ।
गाउँपालिका क्षेत्रमा घरमै हुने सुत्केरी दर न्यूनीकरणका लागि यस गाउँपालिकामा गएको वर्षदेखी ‘हेलो आमा’ कार्यक्रम संचालन हुँदै स्वास्थ्य शाखा, दोर्दी गाउँपालिकाका प्रमुख आइतमान गुरुङले बताउनुभयो ।
शाखाका अनुसार यस गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा घरमै सुत्केरी हुनेको महिलाको संख्या ५० रहेको थियो । संस्थागत रुपमा सुत्केरी हुनेको संख्या १५ रहेको थियो ।
यस कार्यक्रम लागु भएपछि गतवर्ष २०७७/०७८ मा संस्थागत रुपमा सुत्केरी हुनेको संख्या बढ्दै गएको छ । घरमै हुने सुत्केरी दर घट्दै गएको छ ।
गतवर्ष घरमै हुने सुत्ेकरी महिलाको संख्या ३० रहेको र संस्थागत रुपमा सुत्केरी हुनेको संख्या ३४ रहेको छ ।
गाउँपालिकामा घरमै हुने सुत्केरी (होम डेलिभरी)लाई न्यूनिकरण गर्दै केही वर्षमै ‘होम डेलिभरी’लाई शून्यमा झार्ने लक्ष्यका साथ यस कार्यक्रलाई निरन्तरता दिइने गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख अमर दवाडी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर गुरुङ, रोजगार संयोजक धर्म गुरुङ लगायतको उपस्थिती रहेको थियो ।


FLASH NEWS