Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झरे

रेडियो भोटेओडार ३० कार्तिक २०७८, मंगलवार १५:३७ मा प्रकाशित ( २ साल अघि) २०३७१ पाठक संख्या

श्यामशितल परियार
चिसो बढेसंगै हिमालको काखैमा पुगेका लमजुङका भेँडीगोठ बेसी झरेका छन् ।
माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठहरु बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार भदौदेखी कात्तिक मसान्तसम्ममा सबै भेँडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसंगै माथि(लेक)मा चरणको अभाव हुने भएकाले यो समयमा भेँडीगोठहरु बेसी सारिन्छन् ।
उहाँका अनुसार चिसोमा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरणको अभाव हुनुका साथै भेँडीगोठालालाई पनि बस्न असहज हुन्छ ।
‘त्यसैले गर्मी मौसममा भेँडीगोठ लेक उक्लन्छन् । चिसोमा भेँडीगोठ बेसी झर्छन्,’ उहाँले भन्नुभयो ।
जग्गाधनीलाई पैसा तिरेर, मल दिएर भेँडीगोठालाहरुले बेसीमा रहेका जग्गामा भेँडीगोठ राख्छन् ।
‘बेसी सारिएका भेँडीगोठ चैतदेखी बिस्तारै लेक उक्लन्छन् । जेठसम्ममा भेँडीगोठ हिमालको काखैमा पुग्छन्,’ डा. श्रेष्ठले भन्नुभयो ।
घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका गोठालाहरु बर्सेनी बौद्ध हिमाल, माछापुच्छ्रे« हिमाल, मनास्लु हिमाल, हिमचुली हिमाल, लमजुङ हिमाल लगायतका थुप्रै हिमालको काखैमा पुग्छन् ।
घुम्ती भेडीगोठहरु ४ हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाईभैँसी गोठ भने ३ हजार मिटर उचाइसम्म मात्रै पुग्छन् ।
परम्परागत रुपमा घुम्ती भँेडीगोठमा भेडा पाल्ने परम्परा लमजुङमा अझै कायमै छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भूलभूले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरी लगायतका ठाउँमा घुम्ती भेँडीगोठ रहेका छन् ।
डा. श्रेष्ठका अनुसार लमजुङमा ९० वटा घुम्ती भेडीगोठ रहेका छन् । ती भेठीगोठमा झण्डै १५ हजार ‘वरुवाल’ जातको भेडा रहेका छन् भने झण्डै ६ हजार ‘सिन्हाल’ जातका बाख्रा पालिएका छन् ।
घुम्ती भेडीगोठमा पालिएका भेडाहरुबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । प्रति भेडाको मूल्य ३५ हजार रुपैयाँभन्दा बढी पर्छ । भेडाको ऊनको मूल्य प्रतिधार्नी चारसय रुपैयाँभन्दा बढी पर्छ ।
जिल्लामा भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक झण्डै १२ करोड रुपैयाँ आम्दानी हुँदै आएको छ । उत्पादित भेडाको मासु काठमाण्डौ, पोखरा, चितवनलगायतका शहरमा पुग्छन् ।
विज्ञ केन्द्रका अनुसार लमजुङमा वार्षिक झण्डै ६ देखी १० हजार केजीसम्म ऊन उत्पादन हुँदै आएको छ । ऊन बिक्रीबाट मात्रै वार्षिक १२ लाखभन्दा बढी आम्दानी हुँदै आएको छ ।
ऊनबाट केही स्थानीलये बख्खु तथा राडीपाखी बनाएर राम्रो मूल्यमा बिक्री गर्दै आएका छन् ।


FLASH NEWS