Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

नेकपा माओवादी केन्द्र अर्चलबोटको वडा अधिवेसन सम्पन्न : अध्यक्षमा लामिछाने

रेडियो भोटेओडार ३ मंसिर २०७८, शुक्रबार १६:४८ मा प्रकाशित ( २ साल अघि) २३७१० पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोटमा नेकपा माओवादी केन्द्रको वडा अधिवेसन सम्पन्न भएको छ ।
अधिवेसनले रविन्द्र लामिछानेको अध्यक्षतामा २७ सदस्यीय पार्टीको वडा कमिटि गठन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा बद्रीनाथ लामिछाने, सचिवमा प्रितम लोहनी, सहसचिवमा रविलाल रेग्मी, कोषाध्यक्षमा प्रमिला थापा र अन्य सदस्यमा रहनुभएको छ ।
निर्वाचन कमिटिमा मानबहादुर विक, लक्ष्मीबहादुर विक र जानुका गौली रहनुभएको थियो ।
सोही क्रममा जीवन गुरुङको अध्यक्षतामा २३ सदस्यीय वाइसिएल वडा कमिटि समेत गठन गरिएको छ ।
साथै शोभिात कुवँरको अध्यक्षतामा १७ सदस्यीय अनेमसंघ (क्रान्तिरकारी) को वडा कमिटि समेत गठन गरिएको छ ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रलाई सम्बोधन गर्दै नेता गुरुङले आउँदा चुनावमा सत्ता गठबन्धनबीच सहकार्य हुने बताउनुभएको छ ।
उहाँले आउँदो स्थानीय, प्रदेश र संघको चुनाव सत्तासाझेदार दलबीच सहकार्य हुने बताउनुभयो ।
यसैगरी, एमसिसि नेपालको हितमा नभएको उल्लेख गर्नुभएको छ । एमसीसी राष्ट्रको हितमा नभएकाले कुनैपनि हालत यसलाई पास गर्न नहुने र पास गर्न नहुने पक्षमा नेकपा माओवादी केन्द्र रहेको उहाँले बताउनुभएको छ ।
वडा कमिटिका सदस्य सत्य ढकालले स्वागत गर्नुभएको कार्यक्रममा संविधान सभा सदस्य एवं पार्टीका दोर्दी गाउँपालिकाका इन्चार्ज लालबहादुर गुरुङ, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य ओमबहादुर गुरुङ, पार्टीका दोर्दी गाउँपालिका अध्यक्ष सागर गुरुङ, पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य रामप्रसाद पौडेल, पार्टीका प्रदेश सदस्य निराजन कुवँर लगायतको उपस्थिती रहेको पार्टीका वडाअध्यक्ष रविन्द्र लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्रका भगवान कुवँरले गर्नुभएको हो ।

 


FLASH NEWS