Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

लमजुङ कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित

रेडियो भोटेओडार ८ मंसिर २०७८, बुधबार १२:२८ मा प्रकाशित ( २ साल अघि) २६६५० पाठक संख्या

नेपाली काँग्रेस लमजुङको सभापतिमा डा.टकराज गुरूङ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार लमजुङमा भएको प्रतिनिधि सभा अधिवेशनले उहाँलाई लमजुङ कांग्रेस सभापतिमा निर्वाचित गरेको हो । उहाँ ७ सय १७ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रत्यासी गमप्रसाद गुरुङले ५ सय ८५ मत ल्याउनुभएको थियो ।
डा. गुरुङ १ सय ३२ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएको हो । सोमबार भएको मतदानमा १ हजार ३ सय ४० मत खसेको कांग्रेस नेता हरि बरालले जानकारी दिनुभयो । यस्तै, अधिवेशनले नेपाली कांग्रेस जिल्ला कार्य समितिको उप–सभापतिमा आनन्द घिमिरे, श्रीकान्त घिमिरे, सचिवमा कुष्णबहादुर अधिकारी, बिमल श्रेष्ठ र सहसचिवमा नरबहादुर गुरुङ, विश्व पौडेल निर्वाचित हुनुभएको छ ।


FLASH NEWS