Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङ जीप दुर्घटना : ३ जनाको मृत्यु, ८ जना घाइते

रेडियो भोटेओडार २३ मंसिर २०७८, बिहीबार १५:४३ मा प्रकाशित ( २ साल अघि) ३००१० पाठक संख्या

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, गोया खोल्सामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मस्र्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप आज बिहीवार गोया खोल्सामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर पिकनिक जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मस्र्याङ्दी गाउँपालिका–९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई चितवन पठाइएको र ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।


FLASH NEWS