Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

ऐतिहासिक महत्वको लमजुङको पुरानोकोट गढी !

रेडियो भोटेओडार २५ मंसिर २०७८, शनिबार १५:२३ मा प्रकाशित ( २ साल अघि) २७००७ पाठक संख्या

श्यामशितल परियार
धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वले भरिपूर्ण छ, लमजुङको पुरानोकोट गढी । जिल्लाको बेसीशहर नगरपालिका–४ मा पुरानाकोटमा अवस्थित छ, पुरानोकोट गढी । उच्च ठाउँमा रहेको यस गढीबाट विभिन्न जिल्लाका साथै विभिन्न हिमऋङ्खलाहरुको दृश्यवलोकन गर्न सकिन्छ ।
यस गढीबाट विभिन्न जिल्लाका साथै प्राकृतिक सौन्दर्यको दृश्यवलोकन गर्न सकिने स्थानीय शम्शेर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार यस गढी झण्डै २ हजार देखी २ हजार २ सय मिटर उचाइसम्मा रहेको छ ।
पुरानोकाटमा हाल ८० बढि घरधुरी रहेका छन् । यस गाउँमा गुरुङ समुदायको बाहुल्यता रहेको छ ।
विशेषगरी ः बडादशैँको कालरात्री र चैते दशैँमा यस गढीमा बली दिई पूजा गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।
वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार लमजुङ, पुरानोकोटको मौलोमा पुरानोकोटको कोके गुरुङका जेठो हाँगा क्रब( कोटाले) खलकले कर्ता र कुसुमाकर घिमिरेका वंशज बाहुनबेसिका घिमिरे ब्राह्मणले पुरोहितको काम गरेर मौलो पूजा गर्ने परम्परा छ ।
उहाँका अनुसार पुरानोकोटको चण्डी मन्दिरमा पुरानोकोटको कोके गुरुङका जिम्मावाल खलकले पूजारीको काम गर्दछ । चण्डीपूर्णेमा चण्डीपूजा गर्दा कालू शाह र यशोब्रह्म शाहदेखिको राजवंशको पुस्तावली वाचन गर्ने परम्परा छ ।
पुरानोकोटको जलदेवी मन्दिरमा पुरानोकोटको नासरक्ह्रोँ लेम (लामछाने) गुरुङले पूजारीको काम गर्दछन् ।
यसरी पुरानोकोटका गुरुङहरुले पुरानोकोटको भूगोल र संस्कृतिलाई संरक्षण गरेर राखेका छन् । ऐतिहासिक महत्वको यस गढीको अहिले भग्नावशेष मात्रै रहेको र यसको संरक्षण संवद्र्धन गर्नु निकै आवश्यकता रहेको सरोकारवालाहरु बताउँछन् ।

 


FLASH NEWS