Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङको राइनास मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण

रेडियो भोटेओडार २४ माघ २०७८, सोमबार ११:३३ मा प्रकाशित ( २ साल अघि) १६८६४ पाठक संख्या

श्यामशितल परियार
लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ ।
राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो ।
‘वीर पुरुष भक्ति थापाको सम्मानका साथै ऐतिहासिक राइनास मोहोरियाकोटलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्धेश्यले पार्क निर्माण गरिएको हो,’ नगरप्रमुख थापाले भन्नुभयो ।
उहाँका अनुसार ५ रोपनी क्षेत्रफल जमिनमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको छ । शालिकले यहाँ आउने सबैको ध्यान खिच्ने गरेको छ ।
आइतबार भक्ति थापा पार्ककको उद्घाटन गर्दै नगरप्रमुख थापाले पार्कको सम्पूर्ण डिपिआर ३ करोड ९९ लाख रुपैयाँ रहेको उल्लेख गर्दै हालसम्म ८२ लाख रुपैयाँ खर्च भएको बताउनुभयो ।
यस्तै, डिपिआर अनुसार पार्कसम्म आउने पक्की बाटो निर्माण, पार्कमा ‘टि शप’, संग्रहालय, पार्किङ स्थल लगायतका अन्य संरचना भने बनाउन बाँकी रहेको र विस्तारै ती संरचना निर्माण हुँदै जाने उहाँले बताउनुभयो ।
भक्ति थापा विसं १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक हुनुहुन्थ्यो । उहाँ लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मनुभएको हो ।
उहाँले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ ।
१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उहाँले गर्नुभएको थियो ।
देउथलमा अंग्रेज विरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो ।
अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओडाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ ।


FLASH NEWS