Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

लमजुङ दोर्दी गाउँपालिकाका प्राविधिकलाई अभीमुखीकरण तालिम प्रदान ःविकास निर्माण कार्य प्रभावकारी बनाउने र प्राविधिकहको क्षमता विकास गराउने उद्धेश्य

रेडियो भोटेओडार २९ माघ २०७८, शनिबार १४:२५ मा प्रकाशित ( २ साल अघि) १५९६१ पाठक संख्या

 

रुद ढकाल

लमजुङको दोर्दी गाउँपालिकाका प्राविधिकलाई अभीमुखीकरण तालिम प्रदान गरिएको छ ।

लमजुङको दोर्दी गाउँपालिकामा कार्यरत तथा नवनियुक्त भएका प्राविधिकलाई अभीमुखीकरण तालिम प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकामा विभिन्न विकास निर्माण कामलाई सरल, सहज र गुणस्तरीय रुपमा सम्पन्न गर्नका साथै प्राविधिकहको क्षमता विकास गर्ने उद्धेश्यले एक हप्ते तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

तालिममा गाउँपालिकाका १० जना प्राविधिकहरु सहभागि रहेका थिए । तालिममा सहभागी प्राविधिकलाई यसम्वन्धी आवश्यक ज्ञान, सीपबारे पुर्वाधार विकास कार्यालय, लमजुङका प्रमुख इन्जिनियर सुमन गिरी र दोर्दी गाउँपालिकाका प्राविधिक प्रमुख विशवास पाण्डेले जानकारी गराउनुभएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको छ । दोर्दी गाउँपालिकाका प्राविधिक प्रमुख विश्वास पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतारी विकासका निर्माण काम संचालनमा साथ, सहयोग समन्वय गर्न आग्रह गर्नुभयो ।

दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत शम्शेर गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा दोर्दी गाउँपालिकाका मानबहादुर बुढाले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

 

 


FLASH NEWS