Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

लमजुङको दोर्दी गाउँपालिका, शिक्षा शाखाद्धारा सरोकारवालाहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान

रेडियो भोटेओडार ९ फाल्गुन २०७८, सोमबार १८:२७ मा प्रकाशित ( २ साल अघि) १५८९८ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिकाको, शिक्षा शाखाले सरोकारवालाहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । शिक्षा, शाखा दोर्दी गाउँपालिकाले आइतबार र सोमबार गरी दुई दिनसम्म गाउँपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई क्षमता अभिवृद्धि सम्वन्धी तालिम संचालन गरिएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षलाई तालिम प्रदान गरिएको शिक्षा शाखा, दोर्दी गाउँपालिकाका प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

तालिममा सहभागी दोर्दी गाउँपालिका वडा नं १, वडा नं २, वडा नं ३ र वडा नं ४ मा रहेका विभिन्न विद्यालयका पदाधिकारीको सहभाभिगता रहेको थियो ।

तालिममा सहभागीहरुलाई शिक्षा शाखा प्रमुख लामिछानेसंगै दोर्दी गाउँपालिकाका प्रशासन प्रमुख मानबहादुर बुढाले शिक्षा ऐन नियमावली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षहरुको काम, कर्तव्य र अधिकार, सामाजिक लेखा परिक्षणका साथै खरीद ऐन लगायतका विषयमा जानकारी गराउनुभएको हो ।

सोमबार तालिमको समापन गरिएको छ । तालिमको समापन दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गर्नुभएको हो ।

तालिमको समापन गर्दै दोर्दी गाउँपालिका अध्यक्ष गुरुङले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतारी विद्यालयको शैक्षिक गुणस्तरमा जुट्न उहाँले आग्रह गर्नुभएको छ ।

यसैगरी, कार्यक्रममा सहभागिताको तर्फबाट बोल्दै लक्ष्मी माविका अध्यक्ष रामशाली घिमिरे र अलैँचे केदार प्राविका अध्यक्ष इश्वरी लामिछानेले तालिममा निकै प्रभावकारी रहेको बताउनुभएको छ ।

शिक्षा शाखा, दोर्दी गाउँपालिकाका प्रमुख लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासन प्रमुख मानबहादुर बुढाले गर्नुभएको हो ।

 


FLASH NEWS