Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

लमजुङको भोटेओडारमा प्रतिभाको खोजी कार्यक्रम आयोजना

रेडियो भोटेओडार २७ फाल्गुन २०७८, शुक्रबार १७:५३ मा प्रकाशित ( २ साल अघि) १९९०९ पाठक संख्या

चाँदनी अघिकारी

लमजुङको सुन्दरबजार नगरपालिका–९ मा रहेको भक्ति नमूना माविमा नगरस्तरीय प्रतिभाको खोजी कार्यक्रम संचालन गरिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा, सुन्दरबजारको आयोजनामा विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यले सुन्दरबजार नगरपालिका वडा नं ६, ७ र ८ मा रहेका विभिन्न विद्यालयका विद्यार्थीबीच विभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन गरिएको विद्यालयका शिक्षक ओम भुजेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीले नृत्य, गायन, अभिनय प्रतिभा तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए ।

गायनमा आदर्श बाल मावि सुन्दरबजार रेविका पण्डित प्रथम, भविष्य निर्माण मावि पैह्रेका सुमन मजाकोटी द्धितीया र भक्ति नमूना माविका करिष्मा तामाङ तृतीया हुनुभएको छ ।

विजेता विद्यार्थीहरुलाई पुरस्कारस्वरुप क्रमश ः नगद २ हजार, १ हजार ५ सय र एक हजार रुपैयाँ प्रदान गरिएको छ ।

नृत्यतर्फ भत्तिः नमूना माविका करुणा मगर प्रथम, भारती सदन माविका एन्जिसा गुरुङ द्धितीया र कालिका शिक्षा मन्दिरका दियाना गुरुङ तृतीया हुनुभएको छ ।

यसैगरी, वाद्यवादनतर्फ भैरवदेवी प्राविका सन्जय तामाङ प्रथम, भविष्य निर्माण माविका विवश सुनार द्धितीया र आदर्श बाल माविका विमल सुनार र भारती सदन माविका गौरव परियार तृतीया हुनुभएको छ । विजेता विद्यार्थीहरुलाई पुरस्कारस्वरुप क्रमश ः नगद २ हजार, १ हजार ५ सय र एक हजार रुपैयाँ प्रदान गरिएको छ ।

यसैगरी, वक्तृत्कला प्रतियोगितामा भक्ति नमूना माविका सृष्टिका पाण्डे प्रथम, आदर्श बाल माविका सन्देश पाण्डे द्धितीया हुनुभएको छ । विजेता विद्यार्थीहरुलाई पुरस्कारस्वरुप क्रमश ः नगद २ हजार, १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ ।

यसैगरी, क्यारिकेचरतर्फ भविष्य निर्मँण माविमा अनुप गुरुङ प्रथम हनुभएको छ । उहाँलाई पुरस्कारस्वरुप नगद २ हजार रुपैयाँ प्रदान गरिएको छ । विद्यालयका सहायक प्रअ रमाकान्त सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 


FLASH NEWS