Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 16, Apr, 2024

रेडियो भोटेओडारको दशौँ साधारणसभा तथा चौँथो अधिवेसन सम्पन्न : रेडियोको अध्यक्षमा पुन : हरिप्रसाद अधिकारी चयन

रेडियो भोटेओडार २९ फाल्गुन २०७८, आईतवार ११:४६ मा प्रकाशित ( २ साल अघि) २२९९६ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, मा रहेको रेडियो भोटेओडार ९०.८ मेगाहर्जले शनिबार दशौँ साधारणसभा तथा चौँथो अधिवेसन मनाएको छ । रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले रेडियोले कृषि, पशुपालन, पर्यटन, विद्यालय लगायतका विभिनन क्षेत्रमा जोडिएर सामग्री उत्पादन प्रशारण गर्न सकेमा धेरैभन्दा धेरै नागरिकमामाझ रेडियो पुग्न सक्ने धारणा राख्नुभएको छ ।
स्वास्थयमन्त्री गुरुङले उपचारका बेला रगत तथा रगतजन्य पदार्थ आवश्यकता पर्ने नागरिकलाई निःशुल्क उपलब्ध गराइने निर्णय भएको उहाँले बताउनुभयो । यो गण्डकी प्रदेश सरकारको महतवपूर्ण स्वास्थ्य कार्यक्रम रहेको उहाँले उल्लेख गर्नुभयो । यसैगरी, स्वास्थ्यमन्त्री गुरुङले प्रदेशभित्रका अस्पतालमा विभिन्न स्वास्थ्य उपकरण रहेका तर दक्ष जनशक्तिको अभावमा ती उपकरण संचालनमा समस्या भएको उल्लेख गर्नुभयो । ती उपकरण संचालनका लागि प्राविधिकको व्यवस्थाको सुरुवात भएको बताउनुभयो ।
रेडियो भोटेओडारका वरिष्ठ उपाध्यक्ष नारायणबहादुर कुवँरले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको हो ।
रेडियोलाई प्रभावकारी रुपमा संचालनका लागि सम्वद्ध सबै पक्षको साथ, सहयोग र समन्वयको आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
रेडियोलाई दीगो र प्रभावकारी रुपमा संचालन गर्नको लागि भवन निर्माणका निमित्त आफुले जग्गादान गरेको र भवन निर्माणमा सबैको साथ, समन्वय आवश्यक रहने उहाँले बताउनुभयो ।
सुन्दरबदार नगरपालिका ९ भोटेओडारस्थित भक्ति नमूना माविको सहभालहमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, सुन्दरबजार नगर कमिटिका सचिव धु्रव विक, नेकपा एस सुन्दरबजार नगर कमिटिका इन्चार्ज जगदीश सेढाइँ, भक्ति आदर्श क्याम्पसका अध्यक्ष धु्रवबहादुर कुवँर, भक्ति नमूना माविका प्रअ यज्ञराज घिमिरे, भोटेओडार कृषि तथा भेटेरिनरी साकोसका अध्यक्ष डम्बरबहादुर कार्की, शेयर सदस्य रामबहादुर सापकोटा, रविकला अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन रेडियो भोटेओडारका स्टेशन म्यानेजर रुद्रहरि ढकालले गर्नुभएको हो ।
यसैगरी, रेडियोको दशौँ वार्षिक साधारणसभा तथा चौँथो अधिवेसनले रेडियोको अध्यक्षमा पुन ः हरिप्रसाद अधिकारीलाई नै चयन गरेको छ । समितिको वरिष्ठ उपाधयक्षमा नारयाणबहादुर कुवँर, उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिवमा भीमबहादुर कार्की, सहसचिवमा रविकला पण्डित, कोषाध्यक्ष डम्बरबहादुर कार्की, सदस्यहरुमा वीरसिंह घले, मित्र रेग्मी, महेन्द्र खनाल, सरोजकुमार श्रेष्ठ र लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।


FLASH NEWS