Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङको राइनास नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन ः नगरपालिकाका गतिविधि नागरिकलाई जानकारी गराउने उद्धेश्य

रेडियो भोटेओडार ३ चैत्र २०७८, बिहीबार १३:३६ मा प्रकाशित ( २ साल अघि) १६७३८ पाठक संख्या

 

श्यामशितल परियार

लमजुङको राइनास नगरपालिकाको सार्वजनिक सुनुवाई गरिएको छ । विगतदेखी हालसम्म नगरपालिकाका गतिविधि, नगरपालिकाद्धारा सम्पादन भएका काम, कार्वाही लगायतका विषयमा आम नागरिकलाई जानकारी गराउने र स्थानीय सरकारका कार्यप्रति नागरिकको धारणा, सल्लाह सुझावका लिने र उनीहरुबाट प्राप्त सल्लाह, सुझावका आधारमा आगमी दिनमा नगरपालिकाका काम, कार्वाहीलाई चुस्त दुरुस्त बनाउन सहयोग पुग्ने हेतुले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो ।

राइनास नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाको अध्यक्षतामा राइनास नगरपालिका ५ तीनपिप्लेमा नगरपालिकाको कार्यालय परिसरमा बुधबार सार्वजिनक सुनुवाई कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा स्वागत गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुयलले नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित कुल ५३ करोड ४६ लाख ९३ हजार रहेतापनि हालसम्म २९ करोड २७ लाख १२ हजार स्थानीय संचित कोषमा प्राप्त भएको र कुल विनियोजनको ३५ प्रतिशत खर्च भएको जानकारी गराउनुभएको छ ।

यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको विक्री वितरणलाई व्यवस्थापन गर्न ६ वटा घाटको ठेक्का बन्दोवस्ती गरी राजश्व संकलन गर्न सूचना आव्यहन भएकोमा ३ वटा घाटको ठेक्का वन्दोवस्तबाट १३ लाख ४२ हजार राजश्व संकलन हुने गरी संझौता गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रमकै अवसरमा शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामी, स्वास्थ्य शाखा प्रमुख नानीबाबु ढकाल, कृषि शाखा प्रमुख विजय श्रेष्ठ, पशु सेवा शाखाका मुरलीराज घिमिरे, महिला, बालबालिका शाखाकी सीतादेवी गैरे, लेखा शाखा प्रमुख नवीनकुमार बराल, योजना, प्रशासन शाखा प्रमुख शर्मिला अधिकारी लगायत विभिन्न शाखाका प्रमुखहरुले आआफ्ना शाखाले सम्पादन गरेका कार्य प्रगतिका सागै योजना र लक्ष्यका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदनका साथै नगरपालिकाका कामकार्वाहीका विषयमा केन्द्रीत रही सहभागीहरुले विभिन्न जिज्ञासा, सल्लाह सुझाव राखेका थिए । नगरपालिकाले सरल, सहज रुपमा पारदर्शी र प्रभावकारी ढंगले नागरिकसम्म सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा गणेश चिलवाल, कृष्णराज ओलिया, नुरराज कडारिया, खिला शर्मा घिमिरे, ऋषिकेश घिमिरे, विजय गुरुङ, प्रविन कडेँल, सन्दिप पाण्डे, महेश कुमाल, कृष्ण कडेँल, रचना भट्ट खनाल, नानुमाया पराजुली, मातृका खनाल, रामबहादुर रानाभाट, विनोद विश्वकर्मा लगायतका व्यक्तिहरुले जिज्ञासा राख्नुभएको थियो ।

उहाँहरुले नगरपालिकामा उच्च सम्भावनाका रुपमा रहेका कृषि, पशुपालन, पर्यटन क्षेत्रको विषयमा काम गर्नुपर्ने, प्रकृति, संस्कृतिलाई जोगाएर अघि बढ्नुनर्पेमा उहाँहरुले जोड दिनुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका गोविन्दराज न्यौपाने, नेपाली कांग्रेस, राइनास नगर कार्य समितिका सभापति श्रीकृष्ण पौडेल, नेकपा माओवादी केन्द्रको राइनास नगर कमिटिका अध्यक्ष पुष्प खनाल लगायतका व्यक्तिहरुले नगरपालिकाका काम कार्वाहीका साथै नगरपालिकाको योजना, कार्यक्रम नागरिकमाझ सरल, सहज रुपमा लैजानुपर्नेमा जोड दिएका छन् ।

नगरपालिकाको समग्र पक्षको विकासमा सबै एकजुट हुनुपर्ने र विकास निर्माणका साथै जनहितका कार्यमा दलहरुको साथ, सहयोग र समन्वय रहने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नागरिकका साथै सम्वद्ध सरोकारवाला पक्षबाट आएका जिज्ञासा मेटाउँदै नगरप्रमुख सिंहबहादुर थापाले सबैको साथ, सहयोग र समन्वयमा नगरपालिका अघि बढिरहेको बताउनुभयो ।

नागरिकबाट आएका सल्लाह, सुझावलाई मध्यनजर गर्दै अझ आागमी दिनमा प्रभावकारी ढंगले नगरपालिकाका समग्र गतिविधि अघि बढाइने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाको समग्र पक्षको विकासका लागि सबै पक्षको साथ, सहयोग जरुरी रहेको नगर उपप्रमुख धनकुमारी गुरुङले बताउनुभयो ।

स्थानीय नागरिक, बुद्धिजीवि, समाजसेवीका साथै नगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यका साथै कर्मचारीहरुको उलेख्य सहभागिता रहेको कार्यक्रमको सहजीकरण लमजुङ मिडिया एक्सप्रेसका निर्देशक एवं पत्रकार नवीनकराज कुइँकेलले गर्नुभएको हो ।

 

 

 


FLASH NEWS