Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

सिर्जनात्मक साकोसद्धारा निःशुल्क स्वास्थ्य शिविर संचालन ः १ सय १० जना महिला लाभान्वित

रेडियो भोटेओडार ७ चैत्र २०७८, सोमबार १७:४५ मा प्रकाशित ( २ साल अघि) १७०३२ पाठक संख्या

चाँदनी अधिकारी

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार महिलाहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । भोटेओडार धारापानीमा रहेको सिर्जनात्मक साकोसको २५ औँ वार्षिकोत्सव रजत वर्षको कार्यक्रम अन्तर्गत शनिबार संस्थाको आयोजना र चितवन मेडिकल कलेज भरतपुर चितवनको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थय शिविर संचालन गरिएको हो ।

शिविरको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले दुरदराजमा रहेका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य शिविरहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

स्थानीयका साथै दुरदराजमा रहेका नागरिकहरुमा घरगाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले शिविर संचालन गरिएको र रजत वर्षको अवसरमा अझै विभिन्न कार्यक्रम संचलन गरिने साकोसका अध्यक्ष रामजी कडेँलले बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले नागरिकसम्म प्रभावकारी रुपमा स्वास्थय सेवा पुहँच पुर्याउन राज्य जुट्नुपर्ने बताउनुभयो ।

सबैको साथ, सहयोग समन्वयमा सबै नागरिसकम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

साकोसका सहअध्यक्ष केशवराज अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एमाले, सुन्दरबजार नगर कमिटिका अध्यक्ष भीमबहादुर गुरुङ, नेपाली कांग्रेस, सुन्दरबजार नगर कार्य समितिका सभापति प्रकाश सेढाइँ, सुन्दरबजार नगरपालिकाका उपप्रमुख ज्ञानु शाह, साकोसका संस्थापक सल्लाहकार संयोजक एवं हरिप्रसाद अधिकारी, चितवन मेडिकल कलेज भरतपुरका अप्रेसन म्यानेजर पारस अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शिविरमा भिडियो एक्स रे सहित स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टरहरुद्धारा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको साकोसले जनाएको छ ।

स्वास्थ्य शिविरमा एक सय १० जना महिलाहरुले स्वास्थ्य लाभ लिएका र पाठेघरमा मासु पलाएका, महिनावारी समस्या भएका, आङ खस्ने लगायतका स्वास्थय समस्या भएका महिलाहरु उपचारका लागि आएका चितवन मेडिकल कलेज भरतपुरका अप्रेसन म्यानजेर पारस अधिकारीले जानकारी दिनुभयो ।

नागरिकहरुलाई घरगाउँमै सरल, सहज रुपमा स्वास्थ्य सेवा दिने उद्धेश्यले संचालन गरिएको शिविरमा साकोसले आफ्नै खर्चमा २ लाख रुपैयाँ बराबरको औषधी समेत निःशुल्क वितरण गरेको साकोसका अध्यक्ष रामजी कडेँलले बताउनुभयो ।

घरगाउँमै विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुशी मिलेको शिविरमा आउनुभएकी दोर्दी गाउँपालिका–२, अर्चलबोटकी गीतादेवी रेग्मीले बताउनुभयो ।

शिविरमा चितवन मेडिकल कलेज, भरतपुरका स्त्रीरोग विशेषज्ञ डा. रिया दिना मोक्तान, डा. दिजा खनाल, रेडियोलोजिष्ट डा. नेहा विष्ट, डा. प्रदेश घिमिरे, स्टाफ नर्स मुना अम्गाइ लगायतको टोली खटिएको थियो ।

शिविरमा औपचारिक कार्यक्रमको संचालन साकोसका सचिव मेनबहादुर घलेले गर्नुभएको हो ।


FLASH NEWS