Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङको दोर्दी गाउँपालिकाका घर–घरका धारामा खानेपानी ः नागरिकलाई सहज

रेडियो भोटेओडार १४ चैत्र २०७८, सोमबार १७:३० मा प्रकाशित ( २ साल अघि) १७११६ पाठक संख्या

श्यामशितल परियार

लमजुङको दोर्दी गाउँपालिका–३, श्रीमन्ज्याङका पुर्नराम गुरुङलाई विगतमा खानेपानीका लागि घण्टौँको पालो कुर्नुपर्ने बाध्यता थियो । विगतमा गाउँको माझमा सार्वजिनक धारा त थियो नै । तर गाउँका सबै त्यही धाराको मात्रै पानीको भर पर्नुपर्दा स्थानीयलाई एक गाग्री पानीका लागि पनि घण्टौँ कुर्नुपर्ने अवस्था थियो ।

उहाँलाई मात्र होइन गाउँका प्राय ः सबैलाई विगतमा खानेपानीको निकै समस्या थियो । पानीकै लागि घण्टौको बाटो धाउनुपर्ने, धारा–कुवामा घण्टौँ पालो पर्खनुपर्ने अवस्था थियो ।

तर अहिले स्थानीय सरकारले विभिन्न संघसंस्थाको समन्वयमा गाउँगाउँमा ‘एक घर, एक धारा निर्माण’ अभियान सक्रियताका साथ अघि बढाएसंगै स्थानीयको घरघरको धारामा पानी पुर्याइएको छ । नागरिकलाई सहज भएको छ ।

‘पहिले पानीको समस्या थियो । अहिले घरघरका धारामा पानी आएको छ । धेरै नै सजिलो भएको छ,’ घरको धारामा पानी भर्दै पुर्नरामले भन्नुभयो, ‘गाउँका सबै घर–घरका धारामा चौबिसै घण्टा निरन्तर पानी आउँदा हामी खुशी छौँ ।’

दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरधुरीमा मिटर प्रणालीमार्फत पानी पुर्याइएको गाउँपालिको जनाएको छ । गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरधुरीका घर–घरमा मिटर प्रणालीमा खानेपानी पुर्याइएको हो ।

दुई करोड ६१ लाख उनान्सत्तरी हजार ८ सय २६ रुपैयाँ ८९ पैसाको लागतमा खानेपानीको सुविधा पुर्याइएको हो ।

‘गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको छ । दुई हजार आठ सय ९३ घरधुरीमा खानेपानीको व्यवस्था गरिएको छ,’ गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २, अर्चलबोटको उपल्लो अलैँचेका घरधुरीमा पनि मिटर प्रणालीमा पानी पुर्याएको हो ।

 

तेह्र लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरधुरीमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’का अध्यक्ष प्रितबहादुर लोहनीले जानकारी दिनुभयो ।

 

यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् । २ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याई मिटर प्रणालीमार्फत वितरण गरिएको उहाँले बताउनुभयो ।

 

घरकै धारामा पानी आएसंगै अब समयको वचत हुनुका साथै सरसफाइ र तरकारी खेतीका लागि आवश्यक सिंचाइका लागि सहज हुने स्थानीय प्रमिला थापा बगाले, खड्का रिमालले बताउनुभयो ।

 

संघीय सरकारको लक्ष्य अनुसार नै नागरिकका घर–घरमा पिउने पानीका सुविधा पुर्याउन गाउँपालिका निरन्तर जुटिरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । ‘सबै नागरिकसम्म खानेपानीको सुविधा पुर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,’ उहाँले भन्नुभयो ।


FLASH NEWS