Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

वल्र्ड भिजन र आरसिडिसी लमजुङको सहकार्यमा संचालित विभिन्न परियोजनाको समीक्षा

रेडियो भोटेओडार १४ चैत्र २०७८, सोमबार १८:१७ मा प्रकाशित ( २ साल अघि) १४५३३ पाठक संख्या

चाँदनी अधिकारी

लमजुङमा वल्र्ड भिजन र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) लमजुङको सहकार्यमा संचालित विभिन्न परियोजना समीक्षा गरिएको छ ।

सोमबार बेसीशहरमा आयोजित सरोकारवालाका बीचमा संस्थाले गरेका विभिन्न परियोजनाको समीक्षा गरिएको हो ।

कार्यक्रमको अवसरमा संस्थाद्धारा संचालित बाल स्पोन्सरसीप परियोजना, स्वास्थ्य र पोषण, सुआहारा परियोजना, पोषण तथा जीविकोपार्जन परियोजनाका विषयमा सम्वधित परियोजनाका संयोजकहरुले कार्य प्रंगति विवरण प्रस्तुत गरेका थिए ।

अति जोखिममा परेका बालबालिका पहिचान गरी उनीहरुलाई समग्र समुदायको प्रतिनिधिको रुपमा बाल स्पोन्सरशीप कार्यक्रममा दर्ता गरी विभिन्न कार्यक्रम संचालन गरिदैँ आइएको बाल स्पोन्सरसीप परियोजनाका कार्यक्रम अधिकृत सुजा घिमिरेले बताउनुभयो ।

यसैगरी, संस्थाले स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका क्षेत्रमा पनि काम गरिएको बताउनुभयो ।

उहाँले विभिन्न १४ वटा स्वास्थ्य संस्थामा २४ प्रकारका चिकित्सा उपकारण खरिद गरी आवश्यक अनुसारको सहयोग गरिएको बताउनुभयो ।

वल्र्ड भिजनले कोरोनाको समयमा विभिन्न पालिकाहरुमा अक्सिजन तथा खाद्यान्न सामग्री, साबुन, स्यानीटाइजर, मास्क समेत वितारण गरिएको संस्थाका शिवेन्द्र अधिकारीले बताउनुभयो ।

स्थानीयको आर्थिक स्थिति उकास्न पनि संस्थाले विभिन्न सहयोगका कार्यक्रम संचालन गर्दै आएको संस्थाका कार्यक्रम अधिकृत प्रभात केसीले बताउनुभयो ।

संस्थाले सबैको साथ, सहयोग र सहकार्यमा प्रभावकारी रुपमा आफ्ना परियोजनाहरु संचालन गरिने आरसिडिसीका कार्यकारी निर्देशक विश्वनाथ घिमिरेले बताउनुभयो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 


FLASH NEWS