चाँदनी अधिकारी
विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यलाई लमजुङमा सम्मानित गरिएको छ । लमजुङको राइनास नगरपालिका ८ मा रहेको सर्वोदय सेवा आश्रमले बिहिबार एक कार्यक्रमकाबीच राइनास नगरपालिका, आश्रम, धर्मनाथ धामले संयुक्त रुपमा समाजसेवी प्रा.डा. वैद्यलाई सम्मानित गरिएको हो ।
वैद्यले सामाजिक सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएकाले उहाँलाई सम्मानित गरिएको हो ।
विसं२०११ साल वैशाख ३ गते पशुपति क्षेत्रमा जन्मनुभएका वैद्य त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महारागञ्ज र भारतबाट मेडिकल स्वास्थ्य प्रयोगशाला विज्ञानमा स्नातोकोत्तर गर्नुभएको छ । उहाँ हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक सेवाका क्षेत्रमा निरन्तर जुटिरहनुभएको छ ।
उहाँ देशभरका विभिन्न पालिकाका शिक्षा, स्वास्थ्य, खानेपानी, आवास, अनाथ, विपन्न समुदायका व्यक्तिहरुलाई सहयोग गर्नुका साथै अन्य विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ
२०७२ सालको विनाशकारी उहाँले भुकम्प प्रभावितको लागि १२ करोड ६८ लाख रकम सहयोग गरी अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गर्नुभएको सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।
राज्यलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याएसंगै राज्यले पनि उहाँलाई मान, सम्मान इज्जत प्रदान गरेको छ ।
कार्यक्रममा राइनास नगरपालिकाका उपप्रमुख धनकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल लगायतको उपस्थिति रहेको थियो ।