Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 23, Apr, 2024

सिर्जनात्मक भलिवल खेल प्रतियोगिताको प्रथम उपाधी राइनासको जनविकास साकोसलाई

रेडियो भोटेओडार २१ चैत्र २०७८, सोमबार १८:५२ मा प्रकाशित ( २ साल अघि) १५४३६ पाठक संख्या

चाँदनी अधिकारी

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार कृष्णबगैँचामा संचालित पालिकास्तरीय दोश्रो सिर्जनात्मक भलिवल खेल प्रतियोगिताको प्रथम उपाधी जनविकास साकोसले हात पारेको छ ।

सुन्दरबजार नगरपालिका ९ भोटेओडार धारापानीमा रहेको सिर्जनात्मक साकोसको आयोजनामा ६५ औँ सहकारी दिवस एवं संस्थाको २५ औँ वार्षिकोत्सव रजत वर्षको कार्यक्रमको अवसरमा संचालित पालिकास्तरीय दोश्रो सिर्जनात्मक भलिवल खेल प्रतियोगिताको प्रथम उपाधी राइनास नगरपालिका ५ मा रहेको जनविकास साकोसले हात पारेको हो ।

यसैगरी, सुन्दरबजार नगरपालिका ८ भोटेओडारमा रहेको मुनलाइट साकोस प्रतियोगिताको उपविजेता बनेको छ ।

आइतबार र सोमबार गरी दुईदिनसम्म संचालित प्रतियोगितामा मध्यनेपाल नगरपालिका ४ मा रहेको मध्यविन्दु साकोस र राइनास नगरपालिका ४ मा रहेको जनशक्ति साकोस प्रतियोगिता सेमिफाइनालिस्ष्ट हुन सफल भएका छन् ।

प्रतियोगितामा विभिन्न पालिकाका गरी ८ समूह सहभागी भएका थिए ।

विजेता, उपविजेता र सेमिफाइनालिस्ट समूहलाई सोमबार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा प्रथम र द्धितीया हुने समूहलाई पुरस्कारस्वरुप क्रमश ः नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र, नगद ३० हजार कप मेडल र प्रमाणपत्र र सेमि फाइनलमा प्रवेश गर्ने दुई समूहलाई नगद १५÷१५ हजार र प्रमाणपत्र गरिएको साकोसले जनाएको छ ।

साकोसका अध्यक्ष रामजी कडेँल र संस्थाका संस्थापक सदस्य एवं सल्लाहकार रमाकान्त अधिकारीले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको हो ।

पछिल्लो समय भलिवल खेल हराउँदै गएकाले यस खेलको संरक्षण गरी यस खेलमा युवाको आकर्षण बढाउने उद्धेश्यले सहकारी दिवसको अवसरमा बर्सेनी सहकारीले भलिवल खेल प्रतियोगिता संचालन गर्दै सिर्जनात्मक साकोसका अध्यक्ष कडेँलले जानकारी बताउनुभयो ।

 


FLASH NEWS