Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

टाइफाइड विरुद्धको खोप अभियानलाई सफल पार्न सबै पक्ष जुट्नुपर्नेमा सरोकारवालाको जोड

रेडियो भोटेओडार २४ चैत्र २०७८, बिहीबार १५:५१ मा प्रकाशित ( २ साल अघि) १०१४४ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिकामा ८ हजार २ सय २३ बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने लक्ष्य लिइएको छ ।
बुधबार सुन्दरबजार नगरपालिकाको सहभालमा संचालित नगरपालिका खोप समन्वय समिति तथा सरोकारवालाको अभीमुखीकरण एवं कार्ययोजना गोष्ठीको अवसरमा यस्तो जानकारी गराइएको हो ।
चैत २५ गेतदेखी देशव्यापी रुपमा संचालन हुन लागिरेको टाइफाइड विरुद्धको खोप लगाउने अभियानअन्तगर्त नै सुन्दरबजार नगरपालिकामा पनि चैत २५ गतेदेखी ३० गतेसम्म विद्यालय जाने र नजाने दुवै उमेरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य शाखा सुन्दरबजार नगरपालिकाका प्रमुख परमेश्वर पियाले जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा उहाँले सबै उमेर समुहमा यो रोग लाग्ने भएपनि १५ वर्षमुनिका बालबालिकामा ११ गुणा वढी जोखिम रहने भएकाले सरकारले सोही उमेर समुहलाई खोप लगाउन प्राथमिकतामा राखेको बताउनुभयो ।
समुदायमा टाईफाईड विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने उद्देश्यले सरकारले देशैभरी खोप अभियान सञ्चालन गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
यस अभियानलाई सफल पार्न पालिकास्तरका साथै वडास्तरमा समेत विभिन्न कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो ।
सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उहाँले टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियानलाई प्रभावकारी रुपमा सफल पार्न सबै पक्ष जुट्न आग्रह गर्नुभएको छ ।
सुन्दरबजार नगरपालिकाका उपप्रमुख ज्ञानु शाह, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, शिक्षा शाखा प्रमुख एवं उपसचिव ठाकुजी तिवारी, योजना अधिकृत ऋषिराम पौडेल, नेपाल पत्रकार महासंघ, लमजुङ शाखाका सह–सचिव श्यामशितल परियार लगायत नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा, सुन्दरबजार नगरपालिकाका निर्मल अधिकारीले गर्नुभएको हो ।
यसैगरी, खोप लगाउने अभियानअन्तर्गत लमजुङमा ४१ हजार २ सय १६ जना बालबालिकामा टाइफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।


FLASH NEWS