Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 18, Apr, 2024

लमजुङको राइनासमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन

रेडियो भोटेओडार २९ चैत्र २०७८, मंगलवार १५:३० मा प्रकाशित ( २ साल अघि) १६९४८ पाठक संख्या

स्याम परियार

लमजुङको राइनास नगरपालिकामा चौँथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा शाखा, राइनास नगरपालिकाको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिता आउँदो बुधबारसम्म संचालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले गर्नुभएको हो ।

उहाँले अनुशासित, मर्यादित रुपमा आफ्नो खेल प्रतिभा प्रस्तुत गर्न प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

राइनास नगरपालिका क्षेत्रमा खेलप्रति आकर्षण बढाउन र सिंगो खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सबैद जुट्नुे उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रतियोगितामा छात्रछात्रातर्फ छुट्टाछुट्टै रुपमा एथ्लेटिक्सतर्फका सबै खेल, रनिङ तथा करातेँ लगायतका खेल संचालन हुने शिक्षा शाखा, राइनासका पूर्णबहादुर नेपालीले जानकारी दिनुभयो । प्रतियोगितामा राइनास नगरपालिका क्षेत्रका ११ माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

विद्यार्थीमा रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको उहाँले बताउनुभयो । राइनास नगरपालिकास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा खेलकुद प्रयितोगिता संचालन भइरहेको राइनास नगरपालिकाले जनाएको छ ।

 

 


FLASH NEWS