Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

लमजुङको घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा

रेडियो भोटेओडार २ बैशाख २०७९, शुक्रबार २१:३८ मा प्रकाशित ( २ साल अघि) १२५३८ पाठक संख्या

चाँदनी अधिकारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङको घलेगाउँलाई कैल्यै नभुल्ने बताउनुभएको छ ।

लमजुङको स्मार्ट भिलेज घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

घलेगाउँ ‘सुखी गाउँ’को रुपमा घोषित भएकोमा उहाँले घलेगाउँ बासीलाई बधाइ, शुभकामना र धन्यवाद ज्ञापन गर्नुभएको छ ।

होमस्टे संचालनको अभ्यास यसै ठाउँबाट भएको र यसकै अनुसरण गर्दै अहिले देशभरका ग्रामीण क्षेत्रहरुमा होमस्टे संचालनमा रहेको समेत उहाँले बताउनुभयो ।

घलेगाउँको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलव्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसंगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’को रुपमा घोषणा गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँ, लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

२०४० सालको दशकसम्मा दुर्गम, पिछडिएको र गरिब गाँउको रुपमा चिनिएको घलेगाँउ अहिले खुसिगाँउ घोषण भएको छ । घलेगाँउ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुरका अनुसार त्यहाँ, ४२ घरमा होमस्टे संचालन भएको छ ।
होमस्टे संचालन नगरेका स्थानीय बासिन्दाले ग्रामिण पर्यटनलाई लक्षित गरी अन्य व्यापार, व्यवसाय तथा कृषि पेशा संचालन गरेका छन । भेडाको उन, निगालो साथै अल्लोबाट हस्तकलाका सामाग्री उत्पादन गरी आय आर्जन बढाएका छन । परम्परागत पेशा, व्यवसायको जगेर्ना गरि, दीगो आर्थिक एवं सामाजिक विकासमा टेवा पुप्याउनुको साथै प्राचीन सभ्यता र संस्कृति संरक्षणमा थप मदत पुप्याएको पनि उहाँले बताउनुभयो ।
घलेगाँउ अहिले पर्यटनको मुख्य आर्कषकको गन्तव्य बनेको छ । आपm्नो श्रम, पेशा वा व्यवसाय प्रतिको सम्मान र कामको अन्तर सम्वन्धले घलेगाँउलाई सुखिगाँउको गन्तव्यमा पुराएको उहँले उल्ःलेख गर्नुभयो ।

‘सुखी गाउँ घोषणा’ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संविधानसभा सदस्य जमिन्द्रमान घले, डा. भीष्मनाथ अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

 

 

 


FLASH NEWS