Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

वाइसिएल, सुन्दरबजार नगर कमिटिको अध्यक्षमा मुक्तिबहादुर गुरुङ चयन

रेडियो भोटेओडार ४ बैशाख २०७९, आईतवार १८:०९ मा प्रकाशित ( १ साल अघि) ३४१२६ पाठक संख्या

 

चाँदनी अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट वाइसिएल, नेपाल सुन्दरबजार नगर कमिटिको अध्यक्षतामा मुक्तिबहादुर गुरुङ चयन हुनुभएको छ । सुन्दरबजार नगरपालिका ९ पैह्रेस्थित भुजेल समाजको भवनमा आइतबार आयोजित वाइसिएल, नेपाल सुन्दरबजार नगर कमिटिको नगर भेलाले गुरुङको अध्यक्षतामा ७१ सदस्यीय कमिटि गठन गरेको हो ।

वाइसिएल, सुन्दरबजार नगर कमिटिको उपाध्यक्षमा रवी गोतामे, दिपेन्द्र न्यौपाने, उत्तम सापकोटा, सचिवमा सुनिल भुजेल, सह–सचिवमा सुदीप अछामी, महेश सापकोटा, क्षितिज तामाङ, आशिष ढकाल, रोशन परियार, शिवराज गुरुङ, कोषाध्यक्षमा अमृता तामाङ र अन्य सदस्यहरुमा चयन हुनुभएको छ ।

वाइसिएल, नेपाल जिल्ला कमिटि, लमजुङका संयोजक भुपती बाँस्तोलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वाइसिएल, नेपालका केन्द्रीय सदस्य एवं वाइसिएल, गण्डकी प्रदेशका सह–संयोजक सुनिल सुनार अटलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले युवाहरु समाज रुपान्तरणका क्षेत्रमा क्रियाशिल रहन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र, सुन्दरबजार नगर कमिटिका अध्यक्ष मुरारी भुजेल, उपाध्यक्ष सिर्जना बराल अधिकारी, सचिव धु्रव विक, कोषाध्यक्ष अप्सरा विक लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन पार्टीका नगर कमिटि सह–सचिव ज्ञानेन्द्र शर्माले गर्नुभएको हो । यसैगरी, पैह्रेमा नेकपा माओवादी केन्द्र, वडा नं ९ को वडा पार्टी कार्यालय संचालनमा ल्याइएको छ ।

 


FLASH NEWS