Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङमा मलको अभाव ः किसान मर्कामा

रेडियो भोटेओडार २४ बैशाख २०७९, शनिबार १७:१४ मा प्रकाशित ( १ साल अघि) १५७०९ पाठक संख्या

 

श्यामशितल परियार

लमजुङको सुन्दरबजार नगरपालिका–७, कुमालटारका विजय गुरुङले तीन रोपनी बढि जग्गामा मकै खेती गर्नुभएको छ । मजुवा फाँटमा मकै लगाउनुभएका उहाँले एकोहोरो मकै गोडिसक्नुभएको छ ।

पन्ध्र दिन अघि नै खेतमा दोहोरो मकै गोडिसक्नुपर्ने हो । तर रासायमिक मल (युरिया मल)को अभावनमा उहाँले अहिलेसम्म दोहोरो मकै गोड्न पाउनुभएको छैन ।

मलको अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा उहाँ चिन्तित हुनुहुन्छ ।

‘विगतमा स्थानीय कृषि सहकारी, विभिन्न संघससंस्थाले मल बेच्थे । समयमै मल पाइन्थ्यो, मकै गोड्न पाइन्थ्यो । अहिले खेतमा मकै बुडिसकेको छ । दोहोरो गोड्न पाइएको छैन । समस्या भएको छ । उत्पादन घट्ने चिन्ता छ,’ उहाँले दुःख व्यक्त गर्नुभयो ।

उहाँको मात्र होइन अहिले लमजुङका प्राय ः सबै किसानले मल नपाउँदा भोग्नुपरेको समस्या उस्तै छ ।

मलको अभावले समय घर्किदासमेत छविसे फाँटमा लगाएको मकै दोहोरो गोड्न नपाएको अर्का किसान राइनास नगरपालिका ८ हर्राबोटका प्रकाश श्रेष्ठले बताउनुभयो ।

लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ ।

समयमै मल राखी मकै गोड्न नसकेमा उत्पादकत्व घट्ने उहाँले बताउनुभयो ।

मलको अभाव खेपिरहेका स्थानीय किसानलाई मध्यनजर गर्दै लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित श्रेष्ठ एग्रो सेन्टरका संचालक अमृत श्रेष्ठले विभिन्न मल ल्याएर वितरण गर्दै आउनुभएको छ ।

मल लिनका लमजुङको सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिकासंगै तनहुँको भानु नगरपालिका लगायतका ठाउँबाट किसानहरु आउने गरेको उहाँले बताउनुभयो ।


FLASH NEWS