Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

पालिका चुनावलाई लक्षित गर्दै लमजुङमा मदिरा विक्री वितरणमा रोक

रेडियो भोटेओडार २६ बैशाख २०७९, सोमबार १९:५९ मा प्रकाशित ( १ साल अघि) १६८६४ पाठक संख्या

चाँदनी अधिकारी

लमजुङमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै मदिराजन्य पदार्थको विक्री–वितरणमा रोक लगाइएको छ ।

पालिका चुनावलाई लक्षित गरी लमजुङमा यही वैशाख २७ गते मंगलबार मध्यरातिदेखि मतदान कार्य नसकिएसम्मका लागि मदिराजन्य पदार्थको विक्री–वितरण र सेवन कार्य नगर्न, नगराउन लमजुङ प्रशासनद्धारा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, लमजुङ प्रशासनले मतदानको दिन वैशाख ३० गते एम्बुलेन्स, दमकल, दूरसंचार सेवा, शव वाहन, अस्पताल तथा स्वास्थ्य सेवा, विद्युत सेवा, खाद्यान्न, फलफूल तथा दूध ढुवानी लगायतका अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ५ बजेदेखी मतदान कार्य नसकिएसम्म संचालन नगर्न, नगराउन सबैमा आग्रह गरिएको उहाँले बताउनुयो ।

लमजुङ प्रशासनका आदेश विपरितका कार्य तोकिएको अवधीमा गरे÷ गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।


FLASH NEWS