Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला निर्वाचित

रेडियो भोटेओडार ३ जेष्ठ २०७९, मंगलवार ०७:२४ मा प्रकाशित ( १ साल अघि) १५६२५ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको छ । उहाँ ६ हजार ६ सय ४१ मतसहित मेयरमा निर्वाचित हुनुभएको हो ।
यसैगरी, उहाँका निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत पाउनुभएको छ ।
मेयर पदका उम्मेदवार राप्रपाका सन्तबहादुर बस्नेतले ३ सय ८५ मत र मंगोल नेशनल अर्गानाइजेसना भीमराज गुरुङले ५१ मत पाउनुभएको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिकाको उपमेयर नेकपा एमालेकी भवानी केसी निर्वाचित हुनुभएको छ ।
केसी पाँच हजार १८ मत सहित उपमेयरमा विजयी हुनुभएको हो । उहाँ निकटम प्रतिष्पर्धी नेकपा एसका अधिकारीले २ हजार २ सय चार मत पाउनुभएको हो । यस्तै, उपमेयरका स्वतन्त्र उम्मेदवार द्धारिका प्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत पाउनुभएको छ । राप्रपा उम्मेदवार पार्वती वाग्ले पौडेलले २ सय ७८ मत र मंगोल नेशनल अर्गानाइजेसका उम्मेदवार बालकुमारी कामीले ४० मत पाउनुभयो ।


FLASH NEWS