Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

‘कसैलाई काखा, कसैलाई पाखा’ नगरी साझा भएर जनहितमा काम गर्छु : मेयर कृष्णप्रसाद कोइराला

रेडियो भोटेओडार ६ जेष्ठ २०७९, शुक्रबार १९:१४ मा प्रकाशित ( १ साल अघि) २०८३३ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिकाका नव निर्वाचित मेयर कृष्णप्रसाद कोइरालाले साझा भएर समग्र नगर क्षेत्रको विकास र आम नगरवासीको हितमा काम गर्ने बताउनुभएको छ ।
नगरपालिकाका नवनिर्वाचित उपमेयर भवानी केसी, वडाअध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण, पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर कोइरालाले कसैलाई काखा कसैलाई पाखा नगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
‘हाम्रा लागि सबै नागरिक समान हुनुहुन्छ । हामी कसैलाई काखा कसैलाई पाखा नगरी काम गर्नेछौँ,’ उहाँले भन्नुभयो ।
नगरपालिकाका सम्पूर्ण सेवा सरल, सहज रुपमा प्रभावकारी ढंगले आम नगरवासीमाझ पुर्याउने अभियानका साथ अघि बढ्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय, सुनदरबजार नगरपालिकाका निर्वाचत अधिकृत जीवनीधि पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका निवर्तमान मेयर जनकराज मिश्र, निवर्तनमान उपमेयर ज्ञानु शाहले सदैव नगरको विकास र नगरवासीको हितमा काम गर्न नव निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस, सुन्दर बजार नगर कार्य समितिका सभापति प्रकाश सेढाइँ, नेकपा एमाले, सुन्दरबजार नगर कमिटिका अध्यक्ष भीमबहादुर गुरुङ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सुन्दरजार नगरपालिकाका योजना अधिकृत ऋषिराम पौडेलले गर्नुभएको हो ।


FLASH NEWS