Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 16, Apr, 2024

सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको पहिलो निर्णय : नगरक्षेत्रमा निःशुल्क शव वाहनको व्यवस्था

रेडियो भोटेओडार ७ जेष्ठ २०७९, शनिबार १६:५८ मा प्रकाशित ( १ साल अघि) २९१९१ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वहानको रुपमा प्रयोग गरिने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुई वटा नगर बसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रुपमा प्रयोग गरिने भएको नव निर्वाचित मेयर कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
‘आम नगरवासीको साझा सम्पत्तिलाई नागरिककै हितमा सदुपयोग गर्ने उद्धेश्यले यो व्यवस्था गरिएको हो । शुक्रबारबाटै नगरपालिका क्षेत्रमा यो व्यवस्था लागू भएको छ,’ उहाँले थप्नुभयो ।
उहाँका अनुसार जिल्लामै शव वाहनको व्यवस्था छैन । सुन्दरबजार नगरपालिकामा दुई वटा नगर बस छ । तर त्यसको सही व्यवस्थापन हुन सकेको छैन । यहाँ शव वाहनको निकै आवश्यकता छ । ‘टाढाटाढाबाट घाटसम्म शव ल्याउन नागरिकलाई समस्या छ । यो व्यवस्थाले नागरिकलाई सहज हुने नगरपालिकाको विश्वास छ,’ उहाँले भन्नुभयो ।
यस्तै, शुक्रबार पदबहाली गर्ने क्रममा नवनिर्वाचित मेयर कोइरालाले ‘कसैलाई काखा, कसैलाई पाखा’ नगरी साझा भएर समग्र नगर क्षेत्रको विकास र जनहितमा पूर्ण समर्पित भई काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।


FLASH NEWS