Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 23, Apr, 2024

मतदाताको घरदैलोमा जनप्रतिनिधि : साझा भएर काम गर्ने प्रतिवद्धता

रेडियो भोटेओडार १४ जेष्ठ २०७९, शनिबार १३:४१ मा प्रकाशित ( १ साल अघि) ११८२४ पाठक संख्या

श्यामशितल परियार
विगतमा चुनावका बेला मात्रै ‘नमस्कार’ गर्दै भोट माग्न नागरिकसम्म आउने, गाउँटोल धाउने तर चुनावपश्चात् जीत्ने हार्ने दुवैले नागरिक र गाउँठाउँका समस्यालाई चटक्कै भुल्ने गरेकोमा गुनासो नागरिक गर्दथे ।
तर लमजुङका नवनिर्वाचित जनप्रतितिधहरु चुनावका बेला भोट माग्न गाउँटोल धाएझैँ चुनावी परिणाम पश्चात् पनि नागरिकका गाउँटोलसम्म पुगे । मतदातालाई धन्यवाद दिए । गाउ्रँठाउँको विकास र नागरिकको सुख, दुःखमा संगै साथै रहने प्रतिवद्धता जनाए ।
निर्वाचित भएसंगै पुन : मतदाताकोमा पुग्दा उहाँहरु निकै उत्साहित भएको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
‘भोट माग्न मात्र होइन, चुनाव जितेपछि पनि प्राय ः सबै वडामा रहेका गाउँ टोलमा पुगी मतदाताहरुको धन्यवाद दिइयो,’ उहाँले भन्नुभयो, ‘चुनावलगत्तै निर्वाचित जनप्रतिनिधि आफुमाझ पाउँदा मतदाताहरु निकै उत्साहित भएको अनुभूति गरेँ ।’
मतदाताहरुमाझ पुग्दा उहाँहरुले विशेषगरी : विकास निर्माणका क्षेत्रमा हातेमालो गरी अघि बढ्न आग्रह गनुर््ुभएको छ ।
उहाँका अनुसार मतदाताहरुले विकास निर्माणका कुरा जोडेका छन् । गाउँगाउँमा आवश्यकता धेरै छन् । कतिपय रोगी छन् । आर्थिक अभावका कारण उपचार पाउन सकेका छैनन् । शुद्ध पिउने पानी छैन । ‘बाटो, नाली छैनन् । हिउँद बर्खै सबै बाटामा गाडी चल्न सक्ने गरी सडक स्तरोन्न्ती गरियोस् भन्ने नागरिकको चाहना छ,’ उहाँले भन्नुभयो, ‘सीमित श्रोत साधन हुनसक्छ । तै पनि उपलब्ध श्रोत साधनलाई अधिकतम उपयोग गरी नागरिकको आवश्यकता र चाहना अनुसार काम गर्न सदैव प्रतिवद्ध छु ।’
चुनावको परिणामपश्चात् गाउँटोलमा पुगी मतदातालाई भेट्दा उहाँहरु निकै खुशी हुनुभएको दोर्दी गाउँपालिकाका निर्वाचित अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । बाटोघाटो, पानी, सिंचाइ लगायत नागरिकका जनजीविकासंग जोडिएका कुराहरुको विकासमा लाग्न मतदाताहरुले अनुरोध गर्नुभएको उहाँले बताउनुभयो ।
सम्भावनाको रुपमा रहेको कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रको विकास गरी युवाहरुलाई घरगाउँमै स्वरोजगार बनाउने मार्गमा पनि जनप्रतिनिधिहरु सरिक हुनुपर्नेमा मतदाताहरुको सुझाव छ ।
मतदाताहरुसंग भेटघाटका क्रममा जनप्रतिनिधिहरुसंग मतदाताहरुले आवश्यकताअनुसार विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा काम गर्न आग्रह गरेका छन् ।
स्थानीय तह चुनाव–२०७९ बाट लमजुङका सबै पालिकाहरुले नव निर्वाचित नेतृत्व पाइसकेका छ । नव निर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहणसंगै पदभार समेत ग्रहण गरिसकेका छन् ।
जिल्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले सदैव गाउँ\ठाउँको विकास र जनहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
चुनावमा विभिन्न पार्टीबाट टिकट लिएर चुनावी प्रतिष्पर्धामा होमिएतापनि चुनावी नतिजापश्चात् निर्वाचित जनप्रतिनिधि कुनै पनि पार्टीको पेवा हुन नसक्ने बताउनुभएको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताउनुभयो ।
निर्वाचति जनप्रतिनिधि सबैको साझा रहेको बताउँदै सोही अनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
बेसीशहर नगरपालिकाका मेयरमा पुन : निर्वाचित हुनुभएका मेयर अर्यालले स्थानीय सरकार विशेषगरी सेवामुलक क्षेत्र रहेकाले समग्र नगर क्षेत्रको विकासका साथै नागरिकको सेवाका क्षेत्रमा सदैव जुट्ने प्रतिवद्धता समेत व्यक्त गगर्नुभएको छ ।
यस्तै, लमजुङको राइनास नगरपालिकाका नव निर्वाचित मेयर खड्गबहादुर गुरुङले पनि सबैको साझा भएर जनताको सुख–दुःखमा साथै रहेर विकास र सेवाका क्षेत्रमा लागिपर्ने उल्लेख गर्नुभएको छ ।


FLASH NEWS