Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 16, Apr, 2024

दोर्दी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई स्थानीय युवाहरुको बधाइ तथा शुभकामना

रेडियो भोटेओडार १८ जेष्ठ २०७९, बुधबार १८:३० मा प्रकाशित ( १ साल अघि) १०८३७ पाठक संख्या

चाँदनी अधिकारी

लमजुङको दोर्दी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई स्थानीय युवाहरुले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

दोर्दी गाउँपालिका ४ मा रहेको गाउँपालिका कार्यालयका साथै दोर्दी गाउँपालिका वडा नं २ वडा कार्यालयमा पुगी पालिका र वडाका निर्वाचित जनप्रतिनिधिलाई स्थानीय युवाहरुले बधाइ एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

स्थानीय युवाहरु नविन अधिकारी, भगवान कुवँर, सन्तोष कमर लगायत युवाहरुको समूहले गाउँपालिका पुगी नवर्विाचित अध्यक्ष युवराज अधिकारी लगायतलाई बधाइ ज्ञापन गरेका हुन् । यस्तै, दोर्दी गाउँपालिका–२, वडा कार्यालयमा पुगी नव निर्वाचित वडाअध्यक्ष गणेश खत्री लगायत निर्वाचित जनप्रतिनिधलाई बधाइ ज्ञापन गरिएको स्थानीय युवा रविन्द्र लामिछानेले जानकारी दिनुभयो ।

बधाई ज्ञापनकै क्रममा युवाहरुको समूहले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सबैसंग सहकार्य, हातेमालो गरी नागरिकले प्रत्यक्ष अनूभूति हुने गरी विकास निर्माणका कामहरु अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सबै वर्ग, लिंग क्षेत्र लगायतत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वयमा विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा अघि बढिने निर्वाचित जनप्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

 


FLASH NEWS