Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

सिर्जना युवा क्लव, परेवाडाँडा द्धारा एम्बुलेन्स सेवा संचालन

रेडियो भोटेओडार ५ असार २०७९, आईतवार १४:२३ मा प्रकाशित ( १ साल अघि) १०४८० पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा रहेको सिर्जना युवा क्लवले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । सुन्दरबजार नगरपालिकाको ३ लाख ५० हजार, वडाको पाँच लाख र सिर्जना युवा क्वलको ६ लाख खर्च गरी एम्बुलेन्स खरीद गरिएको हो ।

बिरामी पर्दाको समयमा स्थानीय नागरिकलाई छिटो उपचारका लागि अस्पतालसम्म पुर्याउनका लागि सहज होस् भन्ने उद्धेश्यले सबैको सहयोगमा एम्बुलेन्स खरी दगरिएको र क्लवलमार्फत एम्वुलेन्स सेवा संचालनमा ल्याएको क्लवका अध्यक्ष योगेन्द्बहादुर थापाले जानकारी दिनुभयो ।

शनिबार एक कार्यक्रमका बीच क्लवलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवं संविधानसभा सदस्य डा.भीष्मनाथ अधिकारीले क्लवलाई एम्बुलेन्स हस्तान्तरण गर्दै सरल, सहज रुपमा नागरिकलाई एम्बुलेन्स सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

वडाको विशेष पहलमा एम्बुलेन्स ल्याइएको र वडाबासीलाई एम्बलेन्सको सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सुन्दरबजार नगरपालिका २ का वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनुभयो ।


FLASH NEWS