Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

लमजुङको सुन्दरबजार नगरपालिकाद्धारा ७९ करोड बढिको बजेट प्रस्तुत

रेडियो भोटेओडार १२ असार २०७९, आईतवार १७:१० मा प्रकाशित ( १ साल अघि) १६४२३ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि उनानसी करोड ७५ लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सुन्दरबजार नगरपालिकाको १० औँ नगरसभामा नगरपालिकाका उपप्रमुख भवानी केसीले बराबरको सो बजेट प्रस्तुत गर्नुभएको सुन्दरबजार नगरपालिकाका सूचना अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल विनियोजनमध्ये चालुतर्फ ५२ करोड ३२ लाख ८८ हजार ६५.६ प्रतिशत र पूँजीगततर्फ २७ करोड ४२ लाख ९२ हजार अर्थात् ३४.४ प्रतिशत रहेको छ ।

नगरपालिका क्षेत्रमा फोहोर मैला व्यवस्थापनका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख केसीले बताउनुभयो । यस्तै, सशर्ततर्फ ८ लाख र आन्तरिक श्रोत तर्फ ५२ लाख गरी वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६० लाख रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।

नगरभित्र उद्यमशिलताको विकास तथा प्रवद्र्धनका लागि मेयर उद्यमशिलता कार्यक्रमका लागि ३ लाख, भोटेओडार आँखा उपचार केन्द्रलाई ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, आउँदो आर्थिक वर्षका लागि पकेट विकास कार्यक्रमलाई निरन्तरता दिदैँ बाख्रा पकेट विकास कार्यक्रमका लागि २२ लाख, तरकारीबाली पकेट विकास कार्यक्रमका लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि क्षेत्रमा सशशर्त तर्फ ८९ लाख र आन्तरिक श्रोततर्फ ३० लाख गरी एक करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले सर्वलसुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा खानेपानी तथा सरसफाइ संकस्ृति प्रवद्धैन, लैंिगक समानता तथा ससमाजिक समावेशीकरणको विकासमार्फत सामाजिक विकास, कउषि पशुपालन, पर्यटन उद्योग तथा वाणिज्य, सहकारी, वीत्तिय क्षेत्रको विकास मार्फत आर्थिक विकास, सडक, तथा झोृलुंगे पुल सिंचाइ, भवन तथा शहरी विकास, ऊार्ज तथा संचार क्षेत्रको विकास मार्फत पूर्वाधार विकास, जनहसभागीतामा आधारित विपद्ु व्यवस्थापन लगायतका क्षेत्रलाई उच्च प्राथमकिता दिएर बजेटसहित नीति तथा कार्यक्रम बनाइएको नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल वडाअध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य, विभिन्न विषयगत शाखाका प्रमुख लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

यसैगरी, लमजुङको राइनास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि रुपैयाँ ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । राइनास नगरपालिकाको १० औँ नगरसभामा नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले बराबरको सो बजेट प्रस्तुत गर्नुभएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रस्तुत बजेटमा चालुतर्फ ४२ करोड ४२ लाख र पूँजीगततर्फ १६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

सोही अवसरमा नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङले कृषिमा व्यवसायिकरण, आधुनिकीकरण, दीगो र गुास्तरीय पूर्वाधार, स्वास्थ्य शिक्षा खानेपानीमा सबैको पहुँच उतपदन र रोजगारी प्रवद्र्धनमार्फत गरिवी निवारणलाई प्राथमकितामा राखी नीति तथा कार्यक्रम बनाइएको बताउनुभयो ।

संघ, प्रदेश सरकारसंगको समन्वय र सहकार्यको आधारमा आवश्यक श्रोत तथा साधन विनियोजन गर्दै कार्यान्वयमा जानुपर्ने आजको आवश्यकता रहेको र सीमित श्रोतबाट बढ्दो विकास प्रतिको चहना र निर्वाचनमा आफुहरुले गरेका प्रतिवद्धता क्रमश ः पुरा गर्नका लागि यो नीति तथा कार्यक्रमले सम्बोधन गर्ने नगरप्रमुख गुरुङले बताउनुभयो ।

यस्तै, लमजुङको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ५६ करोड ५७ लाख ४६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको दोश्रो गाउँसभा तथा प्रथम अधिवेसनमा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले बराबरको सो बजेट प्रस्तुत गर्नुभएको दोर्दी गाउँपालिकामा कार्यरत कर्मचारी रुकमान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल विनियोजनमध्ये चालुतर्फ ७ करोड ७५ हजार र पूँजीगततर्फ ४९ करोड ५६ लाख ७१ हजार रुपैयाँ रहेको छ । ।

कार्यक्रमकै अवसरमा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले सर्वसाधारण जनताले प्रत्यक्ष अनूभूत हुने खालका योजना तर्जुमा, स्थानीय जनतालाई योजना तर्जुमा साथै कार्यान्वयमा प्रत्यक्ष सहभागी गराउने, मागमा आधारित र यस क्षेत्रको माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधिहरु संचालन गरी यस क्षेत्रको जनतालाई प्रत्यक्ष परिवर्तनको अनुभूति हुने गरी विकास निर्माण गर्ने प्रमुख नीति लिइएको बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि पर्यटन, कृषि, क्षेत्रको व्यवसायिकरण, रोजगारमुलक क्रियाकलाप सिर्जना उद्यम प्रवद्र्धन तथा गाउँवासी स्वास्थ्य सुरक्षा गाउँपालिकाको प्राथमिकतामा रहनुका साथै शिक्षा क्षेत्रलाई पनि उतिक्कै ध्यान दिइएको अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो ।

 


FLASH NEWS