Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

ग्रामीण विकास लघुवित्तद्धारा सर्वोदय सेवा आश्रमलाई सहयोग प्रदान : आश्रम परिवारद्धारा खुशी व्यक्त

रेडियो भोटेओडार १२ श्रावण २०७९, बिहीबार १८:१४ मा प्रकाशित ( १ साल अघि) १५७३० पाठक संख्या

ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले लमजुङको सवोर्दय सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । ग्रामीण विकास
लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय, भोटेओडारले सर्वोदय सेवा आश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।राइनास नगरपालिका ८ हर्राबोटमा रहेको आश्रमलाई सामाजिक उतरदायित्व कोषअन्तर्गत २५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा फलफूल वितरण गरिएको ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय, भोटेओडारकाकमलराज पाण्डले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रमलाई चामल, दाल, तेल, नून, आलु, बिस्कुट लगायतका खाद्यान्न सामग्री र फलफूल सहयोगस्वरुप
प्रदान गरिएको हो । ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, गण्डकी प्रदेशका प्रमुख गोपाल अधिकारी, शाखा कार्यालय,
भोटेओडारका प्रवन्धक उदयराज अधिकारी लगायतले आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया, अध्यक्ष सुकदेव रिसाललाई
बुधबार सहयोग प्रदान गरिएको हो । आश्रममा रहेका बाआमाका लागि सहयोग प्रदान गरेकोमा आश्रमपरिवाले सहयोगी संस्थाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ । भोटेओडार शाखाका प्रवन्धक अधिकारीको अध्यक्षतामा संचालित सहयोग प्रदान कार्यक्रममा राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुबको प्रमुख आतिथयता रहेको थियो । आश्रमलाई नगरपालिकाले विभिन्न समयमा सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा राइनास नगरपालिका ८ का वडाअध्यक्ष कृष्ण रानाभाट लगायत ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । यस संस्थाको लमजुबमा भोटेओडार, बेसीशहर र दुइ पिप्लेमा शाखा कार्यालय रहेका छन् ।


FLASH NEWS