Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

गरे के हुदैन हाम्रो नेपालमा, कतार बाट फर्केका भरत बहादुर कुँवरद्धारा कुखुरा पालन । मासिक राम्रो आम्दानी

रेडियो भोटेओडार १४ श्रावण २०७९, शनिबार १५:३० मा प्रकाशित ( १ साल अघि) ३२८२४ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको दोर्दी गाँउपालिका २ अर्चलबोट निवासी भरत बहादुर कुँवारले विगत डेढ बर्ष देखि लियार्स कुखुरा पाल्दै आउनुभएको छ ।

पाँच बर्ष अरबको खाडीमा पसिना बगाएर गाँउमा र्फकिए पछि भरत कुवारले पेशा, परिश्रम र पैसालाई जिवन सँग जोडेर सम्पन्नता र प्रशन्नताको मोहक प्रात्त गर्नुका साथै परिश्रम गर्ने हो भने विदेशमा भन्दा आफनो गाँउघरमा नै कमाउन सकिन्छ, भन्ने गतिलो संद्ेश दिन सफल हुनुभएको छ ।

“प्राय नेपाली युवा विदेश जान मरिहत्ते गर्दछन् । विदेश जानको लागी भएको घरजग्गा समेत धितो राखेर ऋण लिन्छन् । गाँउमै रहेका आयअर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्डु घिउसँग खाएको’ भ्रममा आफनो जिन्दगीका उर्बर दिन खेर फालिरहेका हुन्छन्”, भरतले भन्नुभयो, “परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढि आफनै गाँउघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझदैनौ् ।”

‘सुरुमा उहाँले १० लाख लगानी बाट व्यवसाय सुरु गर्नुभयो, २०७८ सालमा व्यवसाय सुरु गर्नु भएका कुँवरको फर्ममा अहिले ६०० सय लियार्स कुखुरा र ५०० सय बोइलर कुखुरा रहेका छन, साथै उहाँले अण्डा बेचेर दिनमै ८ हजार आम्दानी लिदै आउनुभएको छ । अन्य व्यवसाय भन्दा कुखुरा पालन व्यवसाय नै उत्तम रहेको र कम समय दिएर धेरै आम्दनी लिन सकिन्छ, विस्तारै यो व्यवसायलाई थप व्यवस्थित बनाउदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

 

 


FLASH NEWS