Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

इलाका प्रहरी कार्यालय भोटेओडारद्धारा सचेतनामुलक कार्यक्रम संचलन

रेडियो भोटेओडार १४ श्रावण २०७९, शनिबार २१:०३ मा प्रकाशित ( १ साल अघि) ८०८६ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडार कृष्णबगैँचामा लैंिगत तथा घरेलु हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय भोटेओडारको आयोजनामा सरोकारवालाबीच लैंिगक तथा घरेलु हिंसा विरुद्धको सचेतनामुलक कार्यक्र संचालन गरिएको हो ।
घर, परिवार, समाज र समुदायमा लैगिंक तथा घरेलु हिंसाको न्यूनीकरण गरी सुन्दर समाज निर्माणमा टेवा पुर्याउने र यसबारेमा समुदायमा सचेतना फैलाउने उद्धेश्यले सरोकारवालाबीच सचेतनामुलक कार्यक्रम संचालन गरिएको इलाका प्रहरी कार्यालय, भोटेओडार लमजुङका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।
समाज निर्माणमा महिला पुरुष दुवैको  महत्वपूर्ण भूमिका रहने भएकाले लिंगको आधारमा कुनै पनि रुपमा भेदभाव गर्न नहुने उहाँले बताउनुभयो ।

समुदायमा लैगिंक समानता र घरेलु हिंसा न्यूनीकरणमा सबैको साथ, सहयोग, सहकार्य र समनवय हुनुपर्नेमा इलाका प्रहरी कार्यालय, भोटेओडार लमजुङका प्रमुख प्रहरी निरीक्षक तिमिल्सनाले बताउनुभयो ।


कार्यक्रममा सहभागी जनप्रतिनिधि, विभिन्न महिला समूह, युवा क्लव लगायत सरोकारवालाहरुले बोल्दै समय सुन्दर समाज निर्माणका लागि समुदायमा रहेका विकृति विसंगीत न्यू्रनीकरण गर्नुपर्ने र यसमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नं ८ का वडाअध्यक्ष विजेन्द्र थापा, सुन्दरबजार नगरपालिका ९ का वडा सदस्य सुरेश गुरुङ, खुसबहादुर गुरुङ, समाजसेवी द्धारिका प्रसाद मिश्र लगायत सरोकारवालाको उलेख्य उपस्थित्ी रहेको थियो ।


FLASH NEWS