Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 18, Apr, 2024

बलिथुममा पहिले कुवाको भर, अहिले घर–घरका धारामा खानेपानी

रेडियो भोटेओडार २२ श्रावण २०७९, आईतवार १९:१६ मा प्रकाशित ( १ साल अघि) ८०४४ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–८ का स्थानीयको घर– घरका धारामा खानेपानी पुर्याइएको छ । सुन्दरबजार नगरपालिका ८ को बलिथुम, रामादी र अकला क्षेत्रका घर–घरका धारामा खानेपानी पुर्याइएको हो । गण्डकी प्रदेश सरकार, सुन्दरबजार नगरपालिका र च्वाइस
नेपालको संयुक्त सहयोगमा बलिथुमका ४९ घरधुरी, अकलाका १ सय ६४ घरधुरी र रामादीका १ सय १४ घरधुृरीमा खानेपानी पुर्याइएको च्वाइस नेपाल, लमजुङ संयोजक सुकराम दुलालले जानकारी दिनुभयो । कुल १ करोड ८७ लाख २७ हजार एक सय १३ रुपैयाँको लागतमा ती क्षेत्रका घरघरका धारामा खानेपानी पुर्याइएको हो । एलडिएससीको सहयोगमा च्वाइस नेपालको एक करोड १ लाख ८३ हजार एक सय रुपैयाँ, स्थानीय श्रमदान ३५ लाख ९६ हजार १३ रुपैयाँ, गण्डकी प्रदेश सरकारको ३१ लाख ५८ हजार रुपैयाँ, विद्युत कार्यालयको १६ लाख, सुन्दरबजार नगरपालिका र वडा कार्यालयको गरी एक लाख ९० हजार गरी कुल १ करोड ८७ लाख २७ हजार एक सय १३ रुपैयाँमा लागमा खानेपानी पुर्याइएको हो । बलिथुमबासीको खानेपानीको वर्षौदेखीको समस्यालाई बुझेर गाउँसम्म खानेपानीको सुविधा पुर्याउन संस्थाले सहयोगमा गरेको सहयोगी संस्था एलडिएससीका नेपाल प्रतिनिधि लुइ र जोयलाले बताउनुभयो । नगरक्षेत्रको विकट बलिथुम क्षेत्रमा खानेपानीको निकै समस्या रहेको र नागरिकहरुको सुविधाका लागि यहाँका घर–घरका धारामा खानेपानी पुर्याउनका लागि आफुहरुले सहयोग गरिएको च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले
बताउनुभयो । विगतमा खानेपानीको निकै समस्या रहेकोमा अब घर–घरका  धारामा पानीको सुविधा भएसंगै एक गाग्री पानीका लागि कुवाकै भर पर्नुपर्ने, घण्टौँको बाटो धाउनुपर्ने, कुवामा घण्टौँ पालो पर्खनुपर्ने बाध्यता हटेको स्थानीय नरमाया गुरुबले बताउनुभयो । घर घरका धारामा खानेपानीको सुविधासंगै स्थानीयको समय र श्रमको वचत हुनुका साथै व्यवसायिक कृषि कर्म गर्नका लागि पनि सिंचाइको पहुँच पुग्ने बलिथुम रामादी अकला खानेपानी परियोजनाका अध्यक्ष तोकबहादुर पहारीले बताउनुभयो । एलडिएससीको सहयोगमा च्वाइस नेपालले खानेपानीका साथै सुन्दरबजार नगरपालिका क्षेत्रमा अति विपन्न तथा भुकम्प प्रभावितहरुको लागि ७० वटा घर समेत निर्माण गरी हस्तान्तरण गरिएको च्वाइसन नेपालका कार्यक्रम संयोजक किरण न्यौपानेले बताउनुभयो ।  विगतमा खानेपानीको निकै समस्या रहेको बलिथुम क्षेत्रमा खानेपानीको सुविधाका लागि साथ, सहयोग समन्वय गर्ने सबैलाई सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको छ । नगरक्षेत्रका सबै नागरिकमाझ खानेपानी सुविधा पुर्याउनका लागि नगरपालिका सदैव जुटिरहने उहाँले बताउनुभयो । सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी केसीले विगतमा खानेपानीको समस्या रहेको बलिथुममा अब खानेपानीको सुविधा भएसंगै नागरिकलाई सहज हुने उल्लेख गर्नुभयो ।


FLASH NEWS