Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

वडा स्तरीय बाल क्लव गठन तथा अभिमुखीकरण कार्यक्रम संचालन

रेडियो भोटेओडार ३० श्रावण २०७९, सोमबार ११:४८ मा प्रकाशित ( १ साल अघि) ११९५० पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका ९, भविश्य निर्माण माविमा आइतबार वडा स्तरीय बाल क्लव गठन तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
बाल बालिकाहरुको चौतर्फी विकासमा सहयोग पुराउने उद्धेश्यले सो कार्यक्रम संचालन गरिएको आरसीडीसी लमजुङका समुदाय परिचालक असोक अधिकारीले बताउनुभयो ।
भविश्य निर्माण माध्यमिक विध्यालयमा आरसीडिसी, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र सुन्दबजार नगरपालिका वाड नं ९ को आयोजनामा बाल क्लव समिति गठन गरिएको छ, जसमा अध्यक्ष पासाङ तामाङ, उपाध्यक्ष कीर्तिका नेउपाने, सचिव आर्यन परियार, सहसचिव एलिज गिरी, कोषध्यक्ष मनिसा अधिकारी लगायत २१ सदस्यीय समिति रहेका छन ।
सुन्दरबजार नगरपालिका ९, का वडा अध्यक्ष मनराज गुरुङको अध्दक्षतामा २१ जना सदस्यहरु वडा स्थरीय बाल क्लव समिति गठन गरिएको भविश्य निर्माण माविका प्रधानध्यापक मायानाथ अधिकारीले बताउनुभयो ।
कार्यक्रमा बोल्दै उहाँले नयाँ बाल क्लव समितिलाई वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।


FLASH NEWS