सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले घर, परिवार समाजमा ज्येष्ठ नागरिकको सम्मान हुनु आवश्यक रहेको बताउनुभएको छ ।
२९ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मंगलबार सुन्दरबजारमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सुन्दरबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सुन्दरबजारले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका मेयर मिश्रले ज्येष्ठ नागरिकले सम्मानित जीवन जिउने वातावरण राज्यले सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
ज्येष्ठ नागरिक समाज सुन्दरबजारका अध्यक्ष भीष्मप्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम भएको हो ।
महिला तथा बालबालिका शाखा सुन्दरबजारकी प्रमुख निर्मला पौडेल पण्डितले स्वागत गर्नुभएको कार्यक्रममा कार्यक्रमकी विशेष अतिथि एवम् सुन्दरबजार नगरपालिका उपमेयर ज्ञानु शाह, ज्येष्ठ नागरिक समन्वय समितिका सचिव टिकाराम शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैगरी, कार्यक्रममा पूर्णकान्त सापकोटा, चन्द्रकान्त अधिकारी, तीर्थराज अधिकारी, नारायणबहादुर कुवँर लगायतले ज्येष्ठ नागरिकको विषयमा आ-आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरजी तिवारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा सुन्दरबजार नगरपालिका वडा नं ६ र ७ का ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई ब्लांकेट प्रदान गरी सम्मानति गरिएको थियो । कार्यक्रमको संचालन सुन्दरबजार नगरपालिकाका मनहरी सोतीले गर्नुभएको हो ।