आज:  | Tue, 26, Oct, 2021

ऐतिहासिक तार्कुकोटको पर्यटकीय प्रवद्र्धनका लागि दौड प्रतियोगिता हुँदै , आवश्यक तयारी पुरा

रेडियो भोटेओडार १७ आश्विन २०७६, शुक्रबार २१:३० मा प्रकाशित ( २ साल अघि) १९५५२ पाठक संख्या

 

विजया दशमीको अवसरमा पारेर फुलपातीको दिन तार्कुकोट खुला दौड प्रतियोगिता संचालन हुने भएको छ । सुन्दरबजार नगरपालिका वडा नं ८ को वडा कार्यालय, सिर्जनशील सामुदायिक सिकाइ केन्द्र र भोटेओडार युथ सोसाइटीको संयुक्त आयोजनामा खुला दौड प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।

सुन्दरबजार नगरपालिका ८ मा रहेको धार्मिक एवम् ऐतिहासिक महत्वको तार्कुकोटको पर्यटकीय प्रवद्र्धनका लागि फुलपातीको दिन तार्कुकोटमा खुला दौड प्रतियोगिता संचालन गर्न लागिएको सिर्जनशील सिकाइ केन्द्रका अध्यक्ष निश्चल ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार फुलपातीको दिन भोली असोज १८ गते शनिबार बिहान ७ बजेबाट दौड प्रतियोगिता सुरु हुनेछ ।

सुन्दरबजार नगरपालिका ८ डिडिसि चौरबाट सुरु भइ घोक्रेश्वाँरा मोटरबाटो हुँदै तार्कुकोटसम्म दौड प्रतियोगिता संचालन हुनेछ ।

प्रतियागितामा प्रथम हनेले नगद ५ हजार प्रमाणपत्र, द्धितीय हुनेले नगद ३ हजार प्रंमाणपत्र, तृतीया हुनेले नगद २ हजार प्रमाणपत्र र सान्त्वना हुने दुइ जनालाई नगद एक एक हजार र प्रमाणपत्र पुरस्कारस्वरुप प्रदान गरिनेछ ।

सोही दिन मौलिक सँस्कृति जगेर्नाका अकला मन्दिरमा स्थानीयले घरघरबाट फुलपाती भित्र्याउने कार्यक्रम पनि तय गरिएको छ ।


FLASH NEWS