Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

सिर्जनात्मक साकोसको वार्षिक कारोबार एक अर्ब बढि

रेडियो भोटेओडार २८ आश्विन २०७६, मंगलवार १६:०९ मा प्रकाशित ( ४ साल अघि) २६४६१ पाठक संख्या

बिमला अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ९ भोटेओडार धारापानीमा रहेको सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिकोत्सव एवं २० साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन प्रमुख अतिथी सुन्दरबजार नगरपालिकाका नगर प्रमुख जनकराज मिश्रले गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख मिश्रले सहकारीले समाजमा उल्लेख्य योगदान पु¥याएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेफ्क्कुनका सञ्चालक एवं लमजुङ फिल्ड संयोजक चण्डी प्रसाद शर्मा पौडेलले सहकारीहरुले गरेका कार्यहरुले समाजका लक्षित बर्गहरुको अनुहारमा खुशी प्रदान गरेको छ कि छैन भन्ने कुराको मूल्याङ्कन प्रत्येक साकोसले गर्नुपर्ने बताउनुभयो ।
सदस्यहरुको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर संस्थाहरु अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सहकारी संस्थाहरु लक्षित वर्गहरुको साहारा बन्दै उत्पादन तथा उत्पादकत्वका क्षेत्रमा अगाडि बढनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । साथै सरकारले विकासको महत्वपूर्ण खम्बा मध्येको एक खम्बाको रुपमा सहकारीलाई लिएपनि कागजमा मात्रै समिति भएको बताउनु भयो ।
संस्थाका अध्यक्ष रामजी कडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपसचिव सुरेश रेग्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७५/७६ मा १ अरव १६ करोड ३० लाख ९ हजार ६ सय ८० कारोवार गर्न सफल भएको छ ।
यस्तै, ७ करोड ५४ लाख ८४ हजार रुपैंया संस्थाको शेयर पूँजी रहेको छ भने ४२ करोड ४९ लाख, ८४ हजार कुल वचत गर्न सफल भएको छ । संस्थाले ४७ करोड ४० लाख ६७ हजार ८ सय ६१ ऋण लगानी गरेको बताइएको छ ।
संस्थाका सहअध्यक्ष केशव अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा सुनदरबजार नगर कमिटीका अध्यक्ष भिमबहादुर गुरुङ, नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सचिव किरण पण्डित, नेपाल बार यशोसियसन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, संस्थाका सल्लाहकार एवं रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, संस्थाका संल्लाहाकार एवं निर्वतमान अध्यक्ष नवराज अधिकारी, भक्ति नमुना माविको अध्यक्ष किर्तिनाथ सापकोटा, भक्ति आदर्श क्याम्पसका अध्यक्ष धुव्र बहादुर कुँवर, भक्ति पूर्व विद्यार्थी समाजका अध्यक्ष रमाकान्त अधिकारी, सुन्दरबजार बहुउद्देश्यीय सहकारीका अध्यक्ष उत्तम गुरुङ, भोटेओडार तार्दीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर कार्की, भक्ति नमुना माविका प्रअ यज्ञराज घिमिरे, पुरुष सेयर सदस्य नेत्र बहादुर कुवँर, महिला सेयर सदस्य रमा कुवँर खड्का लगायतले बोल्दै सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
संस्थाका सहसचिव सिर्जना बराल अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष मुरारी भुजेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा उत्कृष्ट कर्मचारी, १ लाख भन्दा माथि वचत गर्ने ३० जना वालबचत कर्ता, उत्कृष्ट ऋणिलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।


FLASH NEWS