Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 18, Apr, 2024

लमजुङको पाउँदीमा म्याजिक दुर्घटना : ६ जना घाइते

रेडियो भोटेओडार २९ आश्विन २०७६, बुधबार १६:५४ मा प्रकाशित ( ४ साल अघि) ५९०३२ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा म्याजिक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पाउँदी–बोराङखोला चल्दै आएको ना १ ज ७४१५ नम्बरको सेतो म्याजिक बुधबार दिउँसो १२ : ५५ बजेको समयमा राइनासतर्फ लाग्ने पाउँदी सडकबाट झण्डै ३० मिटर तल खस्दा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा उदयबहादुर मल्ल, सम्झना शाही, लक्ष्मी शाही, मन्दिरा रिमाल नेपाली, सिर्जना नेपाली रहेको र एकजनाको परिचय खुलेको छैन । घाइतेमध्ये २ जनालाई उपचारका लागि चितवन, एकजनालाई काठमाडौँ पठाइएको र ३ जनाको सुन्दरबजारस्थित कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
अहिले घाइतेको उपचारमा केन्द्रीत भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङले बताउनुभयो ।
चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।


FLASH NEWS