Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

ताज पहिरिँदाको पल बाबालाई सम्झिएर रोएँ : मिलन न्यौपाने

रेडियो भोटेओडार ६ कार्तिक २०७६, बुधबार १२:४२ मा प्रकाशित ( ४ साल अघि) ६२७४९ पाठक संख्या

श्यामशितल परियार
लमजुङ–भविष्यमा ‘राम्रो नर्स’ बन्ने सानैदेखीको सपना थियो, लमजुङ सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीमा बस्दै आएकी मिलन न्यौपानेको ।
स्थानीय विद्याज्योति मावि तार्कु खहरेबाट २०७२ सालमा एसएलसी उतीर्ण गरेपश्चात् उनले भरतपुर सरकारी हस्पिटल चितवनमा नर्सिङ पढ्न सुरु गरिन् । आफ्नो सपनालाई साकार पार्न उनले मेहतन साथ पढिन् । अहिले नर्सिङ पढाइ सकेसंगै लाइसेन्स निकाल्ने तयारीमा छिन्, उनी ।

नर्सिङसंगै मोड्लिङ !
‘डान्सिङ’मा सानैदेखीको रुचि भएकी उनको मन अहिले ‘मोड्लिङ’तर्फ पनि तानिएको छ । पोखरामा संचालित ‘मिष्टर एण्ड मिस इलाइट नेपाल २०१९ सिजन–२’ को मिसतर्फको ‘विनर’ बनेसंगै उनमा ‘नर्सिङ’संगै ‘मोड्लिङ’लाई पनि अघि बढाउने सोच पलाएको छ ।

गएको असोज १८ गते इभेन्टको फाइनलमा उनले ‘मिस इलाइट नेपाल २०१९ सिजन–२’ को प्रथम उपाधीसंगै ‘बेस्ट पर्सानालिटी’, ‘मोस्ट पपुलर अवार्ड’ पनि हात पार्न सफल भइन् । ‘सानैदेखी भविष्यमा एउटा राम्रो नर्स बन्ने सपना थियो । मिस इलाइट सिजन–२ को उपाधी जितेसंगै नर्सिङ पेशा र मोड्लिङलाई अघि बढाउने योजना छ,’ उनले भनिन् ।

इभेन्टबारे एकजना दिदीले जानकारी गराएसंगै उनी परिवारको अनुमति लिएर ‘मिष्टर एण्ड मिस इलाइट नेपाल २०१९ सिजन–२’ मा सहभागी हुन गएकी हुन् । ‘नर्सिङको लाइसेन्सको तयारीका लागि काठमाडौँमा थिए । इभेन्टबारे मोनिका पण्डित दिदीले जानकारी गराएसंगै परिवारको अनुमति लिएर म इभेन्टमा भाग लिन गएको थिएँ,’ उनले भनिन् ।

‘मिस इलाइट नेपाल २०१९ सिजन–२’ को ताज पहिरिरहँदा बाबालाई सम्झिएर खुबै रोएको पल उनी स्मरण गर्छिन् । ‘जर्जबाट विनरको ताज पहिरिरहँदा परिवार, विशेषगरी : बाबालाई सम्झिएर धेरै रोएँ,’ उनले भनिन्, ‘बाबाको साथ सहयोग बिना यो सम्भव थिएन ।’

नर्स बनेर एउटा परिचत लगभग बन्यो नै इभेन्टको उपाधी जितेसंगै अर्को परिचय पनि थपिएको महसुस भएको उनी बताउँछिन् । ‘नर्सबाट एउटा परिचय त बन्यो नै उपाधी जितेसंगै अर्को पनि ‘आइडिन्टीटी’ थपिएको महसुस गरेको छु,’ उनले भनिन्, ‘अब नर्सिङ पेशासंगै मोड्लिङलाई पनि अघि बढाउनेछु ।’

कुरा काट्नेले पनि सपोर्ट गर्छन्
उपाधी जितेसंगै नर्सिङ पढेको छोरीलाई मोड्लिङतर्फ जान दिएकामो गाउँघरमा कुरा काट्नेहरुले पनि अहिले माया, सम्मानका साथै सपोर्ट गरेको उनी बताउँछिन् । अहिले आफु नर्सिङ लाइसेन्सको तयारीमा ‘फोकस’ भएको उनले बताइन् ।
‘फोटो सुट, सर्ट मुभीज्, स्टेज प्रोग्रामको अफर आइरहेको छ,’ उनले भनिन्, ‘लाइसेन्स निस्केपछि समय मिलाएर मोड्लिङलाई टाइम दिनेछु ।’


‘कन्फिडेन्ट्’का साथ अघि बढ्न सकेमा सफलता हात पार्न सकिने उनी बताउँछिन् । ‘सौन्दर्य प्रतियोेगितााई भन्न त ‘ब्युटी प्रिजेन्ट’ भन्छन् । यसमा राम्रो ‘लुक्स’ भएको, राम्रो मान्छे मात्रै जाने होला भन्ने बुझाइ पनि छ । तर मलाई यस्तो लाग्दैन । यो गलत हो । तपाइमा ‘सेल्फ कम्फिडेन्ट्’ छ । ‘म गर्न सक्छु’ भन्ने भयो भने तपाई अघि बढ्न सक्नुहुन्छ,’ एक सौन्दर्य प्रतियोगिताकी विजेता समेत रहेकी उनले भनिन्, ‘मान्छे बाहिरी रुपले मात्र राम्रो हुने होइन । भित्री मन सफा भएर राम्रोसंग केही राम्रो काम गर्न सक्यो भने ‘रियल ब्युटी’ त्यही नै हो ।’

छोरीको आगामी करियरलाई अघि बढाउन आफुले सक्दो साथ–सहयोग गर्ने मिलनका बुवा राजु न्यौपानेले बताउनुभयो ।

तस्विर : मिलन न्यौपानेको फेसबुकबाट ।


FLASH NEWS