आज:  | Tue, 26, Oct, 2021

भोटेओडारमा संचालित महायज्ञमा शुक्रबार आठौँ दिन ः ५५ लाख दान संकलन

रेडियो भोटेओडार ८ कार्तिक २०७६, शुक्रबार १८:१२ मा प्रकाशित ( २ साल अघि) २३६०५ पाठक संख्या

राजन परियार

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार कृष्ण बगैँचामा शैक्षिक धार्मिक तथा साँस्कृतिक महाहोत्सव एवम् ऐतिहासिक संगीतयम लीलामय श्रीमद्भागवत विराट नवाह ज्ञान महायज्ञ संचालन भइरहेको छ ।
भक्ति आदर्श बहुमुखी क्याम्पसद्धारा संचालित महायज्ञको शुक्रबार आठौँ दिन ।
महायज्ञमा शुक्रबार मात्रै झण्डै रु १७ लाख रुपैयाँ दान रकम संकलन भएको छ । महायज्ञको आठौँ दिनसम्मम रु ५५ लाख.दान रकम संकलन भएको महायज्ञ सचिवालय सदस्य एवम् क्याम्पसका उपप्राध्यपक हिराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार सबैभन्दा धेरै दान रकम सुन्दबजार नगरपालिका ९ भोटेओडारका पिताम्बर श्रेष्ठको परिवारले रु १ लाख १ हजार ५ सय ५५ रुपयाँ दिएको छ । त्यस्तै शुक्रबार भुपु सैनिक तमु समाज सुन्दरबजार नगरपालिका ९ बाट ५७ हजार ९ सय ५०, सुन्दरबजार नगरपालिका ८ बाट भरत कार्की र हिम कार्कीबाट ५१ हजार १ सय ११ रुपयाँ, सुन्दरबजार नगरपालिका ८ चन्द्र बहादुर कार्की बाट ५१ हजार १ सय ११ रुपपया दान रकम संकलन भएको छ ।
शुक्रबार महायज्ञमा बेसिसहर नगरपालिकाका प्रमुख गुमानसिङ अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले महायज्ञमा बोल्दै नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
भक्ति आदर्श बहुमुखी क्याम्पसद्धारा संचालित महायज्ञमा शुक्रबार पनि भक्तजनहरुको उलेख्य सहभागिता रहेको थियो । महायज्ञमा नेपाल बौद्ध महासंघका उपाध्यक्ष खेन्पो कमल भण्डारीले शुक्रबार तारा देवि शान्ति पुजा लगाएर समापन गर्नु भएको छ । साथै महायज्ञमा बालयोगेश्वर महाराजबाट कृष्ण लिला, पुतना बध, भगवान श्रीकृष्ण स्वधाम गमन, परिक्षतको मुक्ति एवं धार्मिक कथा वाचन भइरहेको छ ।
क्याम्पसको निर्माणाधीन भवनलाई सम्पन्न गरी स्नातोकोत्तर तह संचालन गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने र क्याम्पसलाई कम्पाउण्डिङ गर्ने उद्धेश्यले महायज्ञ संचालन गरिएको क्याम्पसका अध्यक्ष एवम् भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक धु्रवबहादुर कुवँरले बताउनुभयो । गएको कार्तिक १ गतेदेखी सुरु भएको महायज्ञ भोली शनिबार समापन हुँदैछ ।


FLASH NEWS