आज:  | Tue, 26, Oct, 2021

लमजुङका अति विपन्न र सिमान्तकृत भुकम्पपिडितले पाए नयाँ घर

रेडियो भोटेओडार २९ कार्तिक २०७६, शुक्रबार ११:३१ मा प्रकाशित ( १ साल अघि) २३४७९ पाठक संख्या

विमला अधिकारी –
भुकम्प गएको ४ वर्षसम्म पनि घर बनाउन नसकेर जोखिमपूर्ण घरमै गुजारा चलाएकी लमजुङको राइनास नगरपालिका वडा नंं. ९ साततलेकी बृद्ध जमुना थापालाई सजिलै घर बन्ला भन्ने लागेको थिएन ।
भुकम्प प्राधिकरणको पूर्ण लाभग्राही सूचिमा परेर पनि घरबनाउन नसकेर जोखिमपूर्ण घरमै जीवनविताउँदै आएकी एकल बृद्ध महिला थापालाई सघाउन यु.के.एडको आर्थिक सहयोग, डि.एफ.आई.डिको व्यावस्थापन, प्राक्टिकल एक्सन एक्सनएड, कोडको साझेदारीमा जनचेतना अभिवृद्धी र विकास अध्ययन समिती आएपछि सजिलैसँग घर बनेको हो ।
भकम्प प्रतिरोधात्मक घरमा बस्न पाएपछि थापाको मुहार बल्ल उज्यालिएको छ ।
घर नबन्दा निकै समस्या झेल्नुपरेको थियो, कहिले मकैवारी त कहिले छाप्रोमा बसेर दिन कटायौं । आफू एक्लै सघाउने मान्छे कोही थिएन, उनले आपतमा पर्दा सहयोग गर्ने हातहरुप्रति खुशी प्रकट गर्दै भनिन् । उनीमात्रै होइन कोपाडेसको सहयोग पाएसँगै साततलेकै डिलावती घिमिरे र लेख बहादुर भुजेल दोर्दी गाउापालिका १ भारतेका अपाङ्गता भएका मन बहादुर विक, भारतेकै ७० वर्षिय लिलामाया गुरुङ पनि हर्षित छन् ।
यूकेएडको आर्थिक सहयोग प्राक्टिकल एक्सन,एक्सन एड, कर्डको सहयोगमा जनचेतना अभिबृद्धि तथा विकास अध्ययन समितिद्धारा सञ्चालित कोही पछि नछुटुन परियेजना अन्र्तगत लमजुङको राइनास नगरपालिका र दोर्दी गाउँपालिकामा भुकम्प पुर्ननिर्माणको लाभग्राही सुचिमा परेर पनि घर निर्माण गर्न नसकेका एकल महिला, अपाङ्ग, बालबालिका र अति विपन्न वर्गलाई लक्षित गर्दै पुनः निर्माण सघाउदै आएको छ । संस्थाले लमजुङको राइनास नगरपालिकामा ३ सय ९० र दोर्दी गाउँपालिकामा ४ सय १० गरी ८ सय घरधुरीलाई पुनः निर्माणमा सघाएको छ ।
जसमा अति जोखिम र सिमान्तकृत गरी राइनास र दोर्दीमा गरी ३ सय ४२ घर पुननिर्माण सम्पन्न गरेर सुरक्षित आवासमा बसिसकेका छन । केहीघर निर्माणको चरणमा छन् भने केहीघरहरु निर्माण सम्पन्न हुने तयारीमा छन् ।
संस्थाले घरबारबिहीन भएका भुकम्प गएदेखि कष्टकर जिवन बिताइरहेका पीडितलाई पिडितलाई ५० हजार बराबरको सामाग्री, कामदार पनि सहयोग गर्दे आएको परियोजना संयोजक भोलानाथ सिलवालले बताए ।


FLASH NEWS