आज:  | Tue, 26, Oct, 2021

लमजुङको मतदान केन्द्र नजिकै बम बिस्फोट

रेडियो भोटेओडार १४ मंसिर २०७६, शनिबार १२:५३ मा प्रकाशित ( १ साल अघि) ३८९३५ पाठक संख्या

लमजुङ सुन्दरबजार नगरपालिका २ को मतदान केन्द्रको १ सय ५० मिटर नजिकै टाइम बम बिस्फोट भएको छ । मतदान केन्द्र महेन्द्र मन्दिर माबि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जादा बम बिस्फोट भएको हो । बम बिस्फोट भएपनि कुनै क्षती भएको छैन ।
जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । सुन्दरबजार नगरपालिका २ मा ३ वटा मतदान केन्द्र र २ वटा मतदान स्थल रहेका छन ।

कुल २ हजार २ सय ९७ मतदाता रहेका छन् । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ जना चुनावी मैदानमा उत्रिएका छन् । नेकपा , नेपाली काङ्ग्रेस , राप्रपा , मङगोलसेन अर्गनाइजेसन र स्वतन्त्र उमेद्वार रहेका छन् । स्थानिय उत्साहपुर्वक रुपमा मतदानमा सरिक भएका छन ।


FLASH NEWS