आज:  | Tue, 26, Oct, 2021

प्रेस संगठन लमजुङको एकता टुंङ्गियोः संयोजकमा रुद्रहरी ढकाल

रेडियो भोटेओडार २० मंसिर २०७६, शुक्रबार ०७:१७ मा प्रकाशित ( १ साल अघि) २४४६६ पाठक संख्या

बिमला अधिकारी-
तत्कालिन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया लमजुङमा पनि टुङ्गिएको छ । बिहिबार प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कृष्ण के.सी.को बिशेष उपस्थितीमा बेसीशहरमा बसेको दुवै संगठनका जिल्ला कमिटिको संयूक्त बैठकले एकता प्रक्रिया टुंगाएको हो ।
प्रेस संगठन नेपाल जिल्ला शाखा लमजुङको संयोजकमा तत्कालिन सेन्टरका अध्यक्ष रुद्रहरि ढकाल चयन हुनुभएको छ । त्यस्तै सहसंयोकमा तत्कालिन प्रेस चौतारीका अध्यक्ष दलबहादुर (डीबी) मजाकोटी चयन हुनुभएको छ ।
त्यस्तै संगठनका सदस्यहरुमा कृष्णबहादुर आले, बिमला अधिकारी, रविन्द्र लामिछाने, अनुज अधिकारी, बेलिना थापा, श्रीकला भण्डारी, सिताराम बसेल, सरोज विक, जनक श्रेष्ठ, बासुदेव सेढाई, राजन परियार, समुन्द्र घिमिरे,सविन कार्की, अनिशा श्रेष्ठ, सिर्जना पौडेल, कृती बानिया, प्रतिमा सिन्च्यौरी, अजित थापा, आश गुरुङ, शिला सिन्च्यौरी, रेशम अधिकारी, सुरेन्द्र परियार चयन भएका छन् । प्रेस संगठन लमजुङ जिल्ला कमिटिमा २५ सदस्यीय रहने गरी सिफारिस भएको छ ।


प्रेस संगठन नेपालको केन्द्रिय कमिटिले जिल्लागत रुपमा बनाएको मापढण्ड जिल्लाको कमिटिको एकिकरण टुंगिएको नवनिर्वाचित प्रेस संगठन जिल्ला संयोजक ढकालले बताउनुभयो । केन्द्रिय कमिटिको निर्णय अनुसार सिफारिस भएको जिल्ला कमिटिलाई अनुमोदनका लागि केन्द्र र प्रदेश कमिटिमा पठाईने उहाँको भनाई छ ।
एकिकरणको लागि बसेको बैठकमा प्रेस संगठन नेपालको केन्द्रिय सदस्य कृष्ण केसी, नेपाल पत्रकार महासंघ नेपालको केन्द्रिय सदस्य नविनराज कुईकेल, निर्वतमान केन्द्रिय सदस्य किसान संगित नेपाली, गण्डकी प्रदेश सदस्य कमला केसी, जिल्ला शाखा अध्यक्ष आश गुरुङको उपस्थिति रहेको थियो ।
यस अघि केन्द्रिय कमिटिको निर्णय अनुसार कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्वकमिटीका अध्यक्ष÷संयोजकहरु नै रहने व्यवस्था गरिएको थियो । संगठनले पूर्वअध्यक्ष÷संयोजक कमिटीमा बस्न नमिलेको वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा मात्र सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्णय गरेको थियो । लमजुङमा यसअघि प्रेस चौतारीको अध्यक्षमा दलबहादुर मजाकोटी र प्रेस सेन्टरको अध्यक्षमा  रुद्रहरी  ढकाल रहनु भएको थियो ।


FLASH NEWS