आज:  | Tue, 26, Oct, 2021

सहकारी देशको आर्थिक विकासको एक अभिन्न अंगः नगरप्रमुख जनकराज मिश्र

रेडियो भोटेओडार २१ मंसिर २०७६, शनिबार १३:५१ मा प्रकाशित ( १ साल अघि) १५६८८ पाठक संख्या

सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले सहकारी देशको आर्थिक विकासको एक अभिन्न अंग रहेको बताउनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उहाँले समाज रुपान्तरणका साथै मानवीय आवश्यकता, पिछडिएका जातिको उत्थानमा सहकारीको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख मिश्रले गाउँघरकै माटोमा सम्भावना खोजी उत्पादनमुलक क्षेत्रमा सहकारीले जोड दिनुपर्ने बताउनुभयो । “अहिले हेर्नुस् बजारमा प्याजको भाउ छोइनसक्नु छ, बजारमा भित्रिएका हरेक तरकारीमा विषादीको मात्रा अत्याधिक छ, नगर प्रमुख मिश्रले भन्नुभयो, हाम्रो माटो सुहाउँदा खेती गरौं, आफ्नो भान्सामा प्रयोग हुने तरकारी आफै उत्पादन गर्न सहकारीले सदस्यहरुलाई सिकाउँ ।” उहाँले भन्नुभयो
स्थानीय सरकार सहकारी क्षेत्रसंग समन्वय गरी नगरमा उत्पादनमुलक क्षेत्रमा अघि बढ्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सुन्दरबजार नगरपालिका वडा न ९ भोटेओडारमा रहेको सिद्धार्थ वचत तथा ऋण सहकारीले शुक्रबार आफ्नो ११ औं वार्षिक साधारण सभा मनाएको छ । साकोसका अध्यक्ष भीम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विशेष अतिथी जिल्ला वचत संघका अध्यक्ष दुर्गाभक्त धमला, कमलामाइ साकोसका अध्यक्ष धुव्रदेव जोशी, नवोदित वचत तथा ऋण सहकारीका उपाध्यक्ष रामहरि न्यौपाने लगायतका वक्ताहरुले बोल्दै सदस्यहरुको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सहकारी संस्थाहरु अघि बढनुपर्नेमा जोड दिएका छन् ।
सहकारी संस्थाहरु लक्षित वर्गहरुको साहारा बन्दै उत्पादन तथा उत्पादकत्वका क्षेत्रमा अगाडि बढनुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।
संस्थाका सेयर सदस्य बुध बहादुर घलेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सह सचिव कुमार प्रसाद गुरुङले गर्नुभएको थियो ।
साकोसले ११ औं वार्षिक साधारण सभासम्म आइपुग्दा ६ करोड १७ लाख ११ हजार ३ सय ३८ रुपैयाँ बचत संकलन गर्न सफल भएको छ भने सेयर पुजी ९६ लाख ८७ हजार चौतिस रहेको छ । कार्यक्रममा असल ऋणि र उत्कृट वालबचतलाई सम्मान समेत गरिएको थियो ।


FLASH NEWS