आज:  | Tue, 26, Oct, 2021

भोटेओडार कृष्ण बगैचामा साईला र गुरुङको सालिक अनावरण,स्मारकले चिनायो कालु कार्किलाई

रेडियो भोटेओडार २७ मंसिर २०७६, शुक्रबार १२:१४ मा प्रकाशित ( १ साल अघि) ३६६०४ पाठक संख्या

राजन परियार

लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेओडार कृष्ण बगैँचामा ठाडोभाका शिरोमणि स्वर्गीय भेँडीखर्के साइँला (दीर्घराज अधिकारी), राष्ट्रिय लोक गायक युक्तबहादुर गुरुङको शालिक र कृष्ण बगैँचाका संस्थापक स्वर्गीय कालु कार्कीको स्मारक अनावरण गरिएको छ । भोटेओडार, कृष्णबगैँचामा रहेको झण्डै एक रोपनी जग्गामा स्वर्गीय साइँला र गुरुङको अर्धकदको शालिक निर्माण गरिएको छ ।
बिहिबार एक समारोहका बीच स्वर्गीय साइँला, गुरुङको शालिकका साथै कार्कीको स्मारक सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र र चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका निर्देशक एवम् संचालक कृष्ण कडेँलले संयुक्त रुपमा अनावरण गर्नुभएको हो । द्धयले गतसाल मसिंर १३ गते समयुक्त रुपमा बगैँचामा सालिकको सिलन्यास गर्नु भएको थियो । सिलन्यास भएको एक बर्ष भित्र सालिका तथा स्मारकको अनावरण गरिएको हो ।
भेँडीखर्के साइँला र युक्तबहादुर गुरुङ स्मृति पार्क निर्माण समितिले !५ लाख ६५ हजार ५ सय रुपैयाँ खर्चेर भोटेओडार, कृष्ण बगैँचामा स्वर्गीय साइँला, गुरुङको शालिक र कार्कीको स्मारक निर्माण गरिएको समितिका अध्यक्ष एवम् भेँडीखर्के साइँलाका छोरा गंगाप्रसाद अधिकारीले जानकारी दिन’भयो । शालिक निर्माण गरिएको स्थललाई तारजालीको बार लगाइएको छ ।
अधिकारीका अनुसार पार्क निर्माण समितिले जिल्लाका सम्पुर्ण स्रष्टाहारुको सालिक कृष्ण बगैचामा निर्माण गर्ने लक्ष्य सहित बिसाल पार्क निर्माण गर्ने गुरु योजना बनाएको छ । हामीले १७ रोपनी जमिनमा बिसाल पार्क निर्माणका लागि करिव ३ करोण रुपैयाँ बराबरको डिपीआर तयार गरेको छाँै उहाले भन्नु भयो । हिजाको दिनमा कृष्ण बगैँचाका सस्थापक समाजसेवी कालु कार्कीलाई थोरै मान्छेले मात्रै चिन्थे आज पार्कमा स्मारक बने पछि धेरैले चिनेका छन । आज यो पार्कले कार्की, गुरुङ र साईलालाई चिनाएको छ, यस्ता स्रष्टको योगदानलाई जीवन्त राख्नका लागि बिसाल पार्क निर्माण गर्न लागिएको हो उहाँले भन्नु भयो ।
मौलिक ठाडोभाकाको श्रीवृद्धिमा आजीवन योगदन पुर्याउनुभएका स्वर्गीय साइँला, मौलिक लोक गीत क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका गुरुङ र समाजसेवी कार्कीको सम्मान र सम्झनामा शालिक एवम् स्मारक निर्माण गरिएको समितिले जनाएको छ । .

मौलिक लोक गीतसंगीत क्षेत्रमा स्वर्गीय साइँला, गुरुङका साथै समाजसेवाका क्षेत्रमा कार्कीले पुर्याउनुभएको योगदानलाई भुल्न नहुनेमा नगरप्रमुख मिश्रले जोड दिनुभएको छ ।.

शालिक तथा स्मारक अनावरण कार्यक्रममा लोक दोहोरी गायक राजु परियार, गायिका माया गूरुङ, मञ्जु विक, गायक कृष्ण बहादुर गुरुङ, अनुज अधिकारीका साथै इन्द्रेणी कार्यक्रमका निर्देशक कृष्ण कडेँल लगायतको टिमले सांगीतिक प्रस्तुती राखेका थिए . उनीहरुको सांगीतिक प्रस्तुतीमा लमजुङे दर्शक तथा श्रोता झुम्मिएका थिए .

श्रष्टा र समाजसेवीको सम्मान र सम्झनामा शालिक निर्माण गरिनु आफैँमा राम्रो पक्ष रहेको बताउँदै सरोकारवालाह?ले मौलिक लोक गीत–संगीत संरक्षण गर्न सकेमा मात्रै लोक श्रष्टाको योगदानको वास्तविक सम्मान हुनेमा जोड दिएका छन् .।


FLASH NEWS