आज:  | Fri, 29, Sep, 2023

लमजुङको पल्लोटारीमा पहिरो : १८ घरमा क्षति

रेडियो भोटेओडार ७ श्रावण २०७७, बुधबार १५:१० मा प्रकाशित ( ३ साल अघि) २७००७ पाठक संख्या

श्यामशितल परियार
लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, पल्लोटारीमा पहिरोले १८ घर पुरेको छ । बुधबार बिहान १० बजेतिर माथिबाट पहिरो खस्दा पल्लोटारीका १८ घरमा पूर्ण क्षति पुगेको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार गाउँ माथिबाट पहिरो खस्दा भाग्ने क्रममा स्थानीय १८ वर्षका सुजन अछामी, २५ वर्षीया सिर्जना गोतामे, ७० वर्षका देवबहादुर सार्की र २८ वर्षका सरिता बसेल घाइते हुनुभएको छ ।
घाइते २ जनाको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र २ जना घाईतेलाई उपचारका लागि अस्पताल ल्याइदैँ गरेको उहाँले बताउनुभयो ।
पहिरोका कारण कुनै मानवीय क्षति नभएको र ८० घर उच्च जोखिममा परेको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा रहेका सबै परिवारलाई स्थानान्तरण गर्न अस्थायी बसोबासको लागि आवश्यक व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।


FLASH NEWS