आज:  | Sat, 30, Sep, 2023

च्वाइस नेपालको सहयोगमा सुन्दरबजार नगरपालिका क्षेत्रमा ६७ वटा नयाँ भुकम्प प्रतिरोधी घर बन्दै

रेडियो भोटेओडार १७ श्रावण २०७७, शनिबार १८:०९ मा प्रकाशित ( ३ साल अघि) २१८६२ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिकाका विभिन्न क्षेत्रमा ६७ वटा नयाँ भुकम्प प्रतिरोधी घर बन्ने भएको छ । च्वाईस नेपालको आर्थिक सहयोगमा नगरक्षेत्रमा ६७ वटा नयाँ घर बन्ने भएको हो ।
च्वाइस नेपालले आर्थिक अवस्था कमजोर भएका, गरिव, असहाय, अपांगता भएका व्यक्तिका साथै सिमान्तकृत समुदायका भुकम्प प्रभावितहरुको घर निर्माण गर्न लागेको हो ।

सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले नयाँ घर निर्माण कार्यको शिलान्यास समेत गर्नुभएको छ । नगरप्रमुख मिश्रले सुन्दरबजार नगरपालिका–८ बलिथुमस्थित शुक्रबार इन्द्रबहादुर सार्कीको नयाँ बन्न लागेको घरको जगमा ढुंगा राखी यस कार्यको शुभारम्भ गर्नुभएको हो ।

च्वाईस नेपालको सहयोगमा सुन्दरबजार नगरपालिका वडा नं ८ मा ३० घर बन्न लागेको सुन्दरबजार नगरपालिका वडा नं ८ का वडाअध्यक्ष कृष्णकान्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार च्वाईस नेपालको पूर्ण आर्थिक सहयोगमा नगरक्षेत्रमा ६७ वटा २ कोठे भुकम्प प्रतिरोधी घर निर्माण गरिनेछ । सहयोगी संस्थाले अबको ३ महिनाभित्र घर निर्माण कार्य सक्ने लक्ष्य लिएको पनि उहाँले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा सुन्दरबजार नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमा घिमिरे, वडा सदस्य केशबबहादुर कुवँर, अनिता दुलाल, च्वाईस नेपाल लमजुङका प्रमुख सुकराम दुलाल, भारती सदन माविका अध्यक्ष देवीजंग गुरुङ, प्रधानाध्यापक ज्ञानबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।


FLASH NEWS